'स्कुलस्कुलमा' बाल सिर्जना वाचन
काठमाडौं : सिर्जना मञ्च नेपालले कलंकीस्थित विज्डम एकेडेमीमा सिर्जना वाचन गराएको छ । मञ्चको ‘स्कुलस्कुलमा’ श्रृंखलाको छैठौं अंक उक्त एकेडेमीमा सम्पन्न गरेको हो ।
कक्षा ४ देखि ९ सम्मका ३५ विद्यार्थीले सिर्जना वाचन गरेका हुन् । रश्मी सुवेदी, प्रसंशा थापा, अस्मि रिजाल, रोबर्ट गैरे, मनिष गजुरेल, अनिता श्रेष्ठलगायतले बुवा, आमा, नेपाल, पैसा, घाम, मित्रता, प्यारो देश, सहिद जस्ता शीर्षकमा रचना वाचन गरेका थिए ।
कार्यक्रममा मञ्चका तर्फबाट ‘सिर्जनशील कसरी बन्ने ?’ विषयमा मञ्चका सदस्य गोपीकृष्ण ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए । मञ्चका सदस्यहरू हरि खनाल, नरनाथ लुइँटेल, छायादत्त न्यौपाने, खेमलाल पोखरेल, सीता सुवेदी पन्थी, धीरकुमार श्रेष्ठ, बिनुबाबा घिमिरे, उद्धव प्याकुरेल, दुर्गा रिमाल अधिकारीले बालसिर्जना वाचन गरे ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी, प्राचार्य शिवप्रसाद अधिकारी, छिमेकी स्कुल पिनाकल एकेडेमीका प्राचार्य निमीराज घिमिरेले बालसाहित्य र सिर्जनात्मक क्षमताबारे बोलेका थिए भने कार्यक्रमको समीक्षा कक्षा नौकी इलिसा पाण्डेले गरेकी थिइन् ।