नेकपाका जिल्ला कमिटि सदस्यद्वारा शपथ ग्रहण
बैतडी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटि सदस्यले मंगलबार शपथ ग्रहण गरेका छन्। सो पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावलले १ सय ३५ जना जिल्ला कमिटि सदस्यलाई शपथ ग्रहण गराएका हुन्। पूर्व नेकपा एमालेबाट ७१ तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटि सदस्यमा अटाएका छन्।
उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन्। पार्टीको नीति र सिद्धान्तअनुसार आफूहरुले काम गर्ने जिल्ला कमिटि सदस्य सरस्वती नेपालीले बताइन्। जिल्ला कमिटि सदस्यको शपथ ग्रहणसँगै जिल्ला कमिटिले पूर्णता पाएको छ।