प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेश १ सरकारले आगामी वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित गरेको छ ।

सरकारले जेठ २३ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्र्रेसको असमतिकाबीच सभामुख प्रदीपकुमार भण्डारीले बहुमतिले पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रममाथि विभिन्न ११ वटा बुँदामा कांग्रेसका तर्फबाट प्रदेश सांसद शेखरचन्द्र थापा लगायत ७ जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधनका सवालमा मुख्यमन्त्री शेरधन राईले संसदमा जवाफ दिंदै सहमतिको संस्कृति निर्माण गर्नका लागि पनि सबै मिलेर अगाडि बढ्न संशोधन फिर्ता लिनु पर्ने बताएका थिए ।

कांग्रेसका सांसदले मुख्यमन्त्रीले मौखिक जवाफ दिएर मात्रै नहुने आवाज उठाउँदै संशोधन फिर्ता लिएनन् । कांग्रेसले फिर्ता नलिएको संशोधन प्रस्ताव सरकारले अस्वीकृत गरिदिएपछि नीति तथा कार्यक्रम भने प्रदेशसभाको बहुमतले पारित गरेको हो । संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले पनि संशोधन प्रस्ताव दर्ता गराएका थिए । मुख्य मन्त्री राईको सम्बोधनपछि उनले भने फिर्ता लिए ।

प्रदेश १ सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन समेतलाई प्राथमिकतका राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसकेका पुरानै विषय वस्तुलाई निरन्तरता दिइएको र आगामी वर्ष पनि कार्यान्वयन गर्न मुस्किल पर्ने भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.