अलपत्र स्मृति भवन

अलपत्र स्मृति भवन

भद्रपुर : भद्रपुरमा रहेको गिरिजाप्रसाद कोईराला स्मृति सभागृह निर्माणको काम अलपत्र परेको छ । २०७२ असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री शुशील कोईराला र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा शिलान्यास गरेको सभागृह १ वर्ष देखि अलपत्र छ ।

भद्रपुर नगरपालिका वडा नम्बर ८ स्थित मेची रङ्गशालाको पश्चिममा निर्माणाधिन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले १२ करोड ७२ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पाँच तलाको भवनमा सटर, बैँक तथा वित्तिय संस्था रहने र एकहजार जना अट्ने सभाहलको डिजाइन अनुसार निर्माण सुरु गरिएको थियो ।

सभागृहको ७५ प्रतिशत काम मात्र सकिएको छ । नियमित बजेटमा नआएर काम प्रगतिको आधारमा बिल पठाउने र रकम भुक्तानी हुने गरि ठेक्का भएको हो । समन्वय समिति झापाका प्रमुख सोम नाथ पोर्तेलले निर्माणाधिन भवन सम्पन्न गर्ने सम्बन्धमा मन्त्रालयबाट लिखित अनुमति नआएको बताए ।

सरकारले वेवास्था गर्दा सभागृह खण्डहर जस्तो लाग्ने अवस्थामा पुगेको कांग्रेसको बुझाइ छ । ‘सरकारले रमिते बनाउन खोजेको जस्तो देखिन्छ, बजेट समयमा छुट्याउँदैन’, काँग्रेस क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले भने । भवन निर्माण रोकिनु सरकारको कमजोरी भएको काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बताए । ‘समयमा नै निर्माण सम्पन्न हुनुपर्ने भवन तर नियोजित ढङ्गले निर्माण कार्य हुँदा हुँदै बिचैमा रोकिएको छ, यसमा किन सरकारले चसो दिदैन ? ’ सिटौललाले प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.