एउटै खेलमा २३७ रन बनाउने ब्याट्सम्यान

एउटै खेलमा २३७ रन बनाउने ब्याट्सम्यान

कुनै पनि खेलाडीका लागि विश्वकप खेल्न पाउनु नौ ठूलो कुरा हो। हरेक खेलका खेलाडीलाई एकपटक देशका लागि विश्वकप खेलौं भन्ने चाहना हुन्छ। मैदानमा उत्रिएपछि कीर्तिमान रच्नु र महत्र्वपूर्ण उपलब्धि हात पार्नु अर्को सफलता हो। आईसीसी विश्वकपमा पनि कहिलेकाहीँ अपत्यारिलो कीर्तिमान बनेका छन्। विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान न्युजिल्यान्डका मार्टिन गप्टिलको नाममा छ।

गप्टिलले सन् २०१५ को ११औं विश्वकपमा एउटै खेलमा सर्वाधिक दुई सय ३७ रनको कीर्तिमान रचेका थिए। वेस्ट इन्डिजविरुद्धको क्वार्टरफाइनल खेलमा न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यान गप्टिलले अविजित दुई सय ३७ रन बनाएका थिए। एक सय ६३ बलमा उक्त रन बनाएका गप्टिलले ११ छक्का र २४ चौका प्रहार गरेका थिए। उक्त खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई एक सय ४३ रनले हराएको थियो।

३२ वर्षीय गप्टिलको यो कीर्तिमानलाई हालसम्म कसैले भंग गर्न सकेको छैन। त्यस खेलमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ९३ रन बनाएको थियो। तीन सय ९४ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३०.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ५० रनमा समेटिएको थियो। मार्टिन गुप्टिल जारी विश्वकपमा पनि न्युजिल्यान्डका भरपर्दा खेलाडी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.