बेपत्ता विमानको भग्नावशेष भेटियो

बेपत्ता विमानको भग्नावशेष भेटियो

नयाँदिल्ली : भारतीय अधिकारीले एक साता पहिले १३ जनासहित बेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन्।

विमानको भग्नावशेष भारतको उत्तरपूर्वी अरूणाचल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको उनीहरूले जानकारी दिए। तत्कालीन सोभियत संघमा निर्मित भारतीय हवाई बल (आईएएफ) को एमआई–१७ हेलिकोप्टर गत जुन ३ तारिखमा हराएको थियो। चालकदलका आठ र पाँच सर्वसाधारण यात्रु लिएर उडेको विमान करिब ३५ मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो। आईएएफले ट्विटरमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, ‘गत जुन ३ तारिखमा बेपत्ता विमान एएन–३२ को भग्नावशेष मंगलवार करिब १२ हजार मिटरको उचाइमा भारतीय हिमाली क्षेत्रमा भेटिएको छ।’

वमानको भग्नावशेष भेटिएसँगै विमानमा रहेका चालक दलका सदस्य र सर्वसाधारण यात्रुको अवस्थाबारे वास्तविकता खोजी भइरहेको बताइएको छ। बेपत्ता विमानको खोजी प्रयासमा कठिनाइ भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई ५ लाख ५० हजार भारतीय रुपैयाँको पुरस्कार घोषणा गरेका थिए। प्रशासनले त्यस क्षेत्रका गाउँले प्रमुखलाई खोजीका लागि समूह बनाएर विमान बेपत्ता भएको अनुमान गरिएकोे मेचुका जंगल क्षेत्रमा जान निर्देशन दिएको थियो। सन् २०१६ मा पनि चेन्नईबाट अण्डामन र निकोबार टापुतर्फ उडेको विमान बंगालको खाडीमाथिबाट २९ जना यात्रुसहित बेपत्ता भएको थियो। यस विमानबारे अहिलेसम्म कुनै जानकारी भेटिएको छैन।

गर्मीले चार रेलयात्रीको मृत्यु

भारतमा विगत दुई सातादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँदिल्लीबाट झाँसी गइरहेको केरल एक्सप्रेसको रेलभित्रै चारजना यात्रीको मृत्यु भएको छ। भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले उक्त जानकारी दिएका छन्।

मृतकमध्ये एकजना ८१ वर्षीय वृद्ध भएको पनि बताइएको छ। मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ। आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो। भारतीय रेल सेवाका प्रवक्ता अजितकुमार सिंहले भने, ‘अत्यधिक गर्मीका कारण रेल यात्रुको मृत्यु भएको छ। यो साँच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना हो।’

रेल झाँसी नजिकै पुगेको बेला एक यात्रु विरामी भएको भनेर फोन आएको र तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा तीनजनाको मृत्यु भइसकेको उनले बताए। एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको सिंहले जानकारी दिए। उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.