सरकारले आवश्यकताका आधारमा वैदेशिक ऋण लिन्छ : प्रधानमन्त्री (भिडियो)

सरकारले आवश्यकताका आधारमा वैदेशिक ऋण लिन्छ : प्रधानमन्त्री (भिडियो)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन्।  बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट पारे। 

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा प्रधानमन्त्रीले भने- 'हामी लगानीका लागि आमन्त्रण गर्छौँ। हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ। हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ। हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ।'

विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए। उनले भने, ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ। हामी नदीका लागि पनि काम गरिरहेका छौँ। हामीसँग ४५ प्रतिशत भूभागमा वन छ।  नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ। यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ। यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ।’ 

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो। यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो। प्रस्तुतिमा एक आरोही अलन आर्नेटले  सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट पारे। ‘आरोहीले राम्रो मौसमका लागि कुरे। कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ। यसमा पुनःविचार गर्नु आवश्यक छ। हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले भने। 

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै प्रधानमन्त्री ओलीले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट पारे।  प्रधानमन्त्री ओलीले भने,'हामीले केही नियममा संशोधन गरेका छौँ। पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’।

(बिबिसी वल्र्ड लाइभ स्ट्रिमर /रासस)

भिडियो हेर्नुहोस्..


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.