प्रदेश ३ को बजेट : भौतिक पूर्वाधारमा जोड

प्रदेश ३ को बजेट : भौतिक पूर्वाधारमा जोड

हेटौंडा : प्रदेश ३ ले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने भएको छ। ‘सबैभन्दा बढि रकम भौतिक पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिनेछ’, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भने, ‘सबै क्षेत्रलाई समेटेर सन्तुलित बजेट ल्याउँछौं।’

चालु आर्थिक वर्षमा समेट्न नसकिएका योजनाले पनि नयाँ बजेटमा प्राथमिकता पाउने उनको भनाइ छ। प्रदेशका गौरवका आयोजनाहरुलाई विशेष प्राथमिकता दिएको बताउँदै ढुङ्गेलले रकम फ्रिज नहुनेगरी बजेट कार्यान्वयन गर्न सोही अनुसारको रणनीति पनि बनाइरहेको बताए।

आउँदो असार १ गते प्रदेश सरकारले ल्याउने तयारी गरेको बजेटका लागि सातवटै मन्त्रालयमा पठाइएको बजेट सिलीङ अनुसार वर्षभरी गरिने कामका योजना छनोट गरि आइसकेको मन्त्री ढुङ्गेलले बताए। चालु आवको भन्दा बढी अंकको बजेट ल्याउने सरकारले तयारी गरेको छ। बजेट निर्माणमा संलग्न कर्मचारीका अनुसार करिब ५० अर्बको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्।

नयाँ आर्थिक वर्षको बजेटमा चालुसँगै पूँजिगत खर्च पनि बढ्ने मन्त्रालयको अनुमान छ। कर्मचारी अभावका कारण चालुतर्फको बजेटसमेत खर्च न्यून भएकोमा आगामी वर्ष खर्च बढेर जाने मन्त्रालयले अनुमान गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.