५ महिनामा चीनको वैदेशिक व्यापार रकम १२१ खर्ब
बेइजिङ : चीन अमेरिकाबीच व्यापार द्वन्द्वको हालसम्म कुनै हल नभए तापनि चीनको निर्यात तथा आयात भने गत वर्षको तुलना बढेको छ।
चीनको भन्सार ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु वर्षको अघिल्ला ५ महिनामा चीनको वैदेशिक व्यापारमा संलग्न कुल रकम १२१ खरब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको छ।
चालू वर्षका अघिल्ला ५ महिनामा चीन अमेरिकाबीचको व्यापारको कूल परिमाण ९.६ प्रतिशतले घटेको छ । यद्यपि युरोपेली संघ, आशियान तथा जापानलगायतका मुख्य बजारमा चीनको आयात निर्यात निरन्तर वृद्धि भइरहेको छ।
पाँच महिनामा चीनको निर्यातमा संलग्न रकम ६५ खरब रहेको छ भने ५६ खरबको आयात गरेको छ। साथै बेल्ट एण्ड रोड सम्बद्ध मुलुकमा पनि चीनको वैदेशिक व्यापारको वृद्धि दर ४.९ प्रतिशतले बढेको छ।
आन्तरिक बजार चलायमान भइदिँदा पनि चीनको व्यापार स्पष्ट रूपमा बढेको छ। हालै मात्र सम्पन्न चिनियाँ पर्वत्वानवुचेको अवधिमा पर्यटनबाट प्राप्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले वृद्धि भएको छ।
बिदामा उपभोग्य मात्रा पनि बढ्दै गएको छ। यसबाट चीनको अर्थतन्त्रसँग निहित शक्तिरहेको प्रतिबिम्बित हुन्छ।
अमेरिकासँग व्यापार द्वन्द्व चर्कँदै गएको पृष्ठभूमिमा पनि चीनको व्यापारस्थिर रूपमा वृद्धि भएको छ। उच्च गुणस्तरिय विकास र खुलापन चिनियाँ अर्थतन्त्रको मुख्य विशेषता हो।चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रलाई समेत स्थिर बनाउने मुख्य कारक तत्वको रूपमा रहेको छ।