साउदी अरबको एयरपोर्टमै मिसाइल हमला : २६ घाइते, विदेशी पनि परे

साउदी अरबको एयरपोर्टमै मिसाइल हमला : २६ घाइते, विदेशी पनि परे

काठमाडाैं : यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।

हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको थियो । बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.