मुस्ताङमा अघाेषित लाेडसेडिङ, हरेक दिन १५ पटकसम्म जान्छ बत्ती !

मुस्ताङमा अघाेषित लाेडसेडिङ, हरेक दिन १५ पटकसम्म जान्छ बत्ती !

मुस्ताङ : राष्ट्रिय प्रशारणमा प्राविधिक गडबडी भएको बहानामा मुस्ताङमा हरेक दिन अघोषित लोडसेडिङ हुने गरेको छ ।

यहाँ स्थानीयले दैनिक ५ देखि १५ पटकसम्म अघोषित लोडसेडिङ भोग्नु परेको छ । सामान्यतः साँझको व्यस्त समयमा मुस्ताङबासीलाई ९ सय किलोवार्ड विद्युत् आवस्यक पर्ने विभिन्न तथ्यांकले देखाउँछ ।

तर सोही समयमा पटक पटक लोडसेडिङ भइदिँदा स्थानीय व्यवसायीहरु आक्रोशित छन् । स्थानीय विद्युत् वितरणकेन्द्र निलगिरी उपभोक्ता सहकारी संस्थाले विभिन्न कारणले विद्युत् नियमित गर्न नसक्दा स्थानीय व्यवसायी आक्रोशित बनेका हुन् ।

मुस्ताङमा विद्युत् सेवा भरपर्दो बन्न नसक्दा यहाँका अधिकांश होटल, बैंक तथा बित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय बढी प्रभावित छन् ।

निलगिरी उपभोक्ता सहकारी संस्थाका प्राविधिक दिवाकर भुर्तेल भने पछिल्लो समय मुस्ताङमा उपभोक्ताको संख्या बढेकाले स्थानीय उत्पादनले विद्युत् थेग्न मुस्किल परेको बताउँछन् ।

यसबारे स्थानीय जनप्रतिनिधि तथा सांसदहरुले पटक पटक वार्ता गरे पनि विद्युत् उपलब्ध गराउने थप पहल भएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने विद्युत् पहुँच विस्तारको पहल गर्ने र विद्यमान समस्या सुल्झाउन प्रदेशले अनुदानमा सौर्यउर्जा व्यवस्था गर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.