‘सेनामा सुधारको आवश्यकता’

‘सेनामा सुधारको आवश्यकता’

वीरगन्ज : नागरिकसँग सम्बन्ध सुधार गर्न सेनाले आफैंबाट सुधार गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाले सुझाव दिएका छन्। वीरगन्जमा सेनाले बुधबार गरेको नागरिक सैनिक अन्तरक्रियामा सहभागीले नेपाली सेना अझैसम्म पनि नागरिकमैत्री बन्न नसकेको भन्दै सेनामा सुधारको आवश्यकता रहेको बताएका हुन्।

 
सशस्त्र  द्वन्द्वकालमा सेनाको गतिविधिले आम नागरिक र सेनाबीच बढेको दूरीको अंश अहिले पनि विद्यमान रहेको भन्दै उनीहरुले उक्त दूरीलाई निमिट्यान्न पार्न सेनाको गतिविधिमा रुपान्तरणको आवश्यकता रहेको बताए। 

अहिले पनि सेनाका केही व्याक्तिबाट समाजमा अवान्छित गतिविधि भइरहेको हुँदा त्यसले पनि सेना र नागरिक बीचको सम्बन्धमा असर पारिरहेको भन्दै कार्यक्रममा सहभागीले यस प्रति सेनाको नेतृत्वको ध्यान पुग्नु पर्ने सुझाव दिए।
 
 कार्यक्रममा सहभागी सञ्चारकर्मीले सेनाले जनहितमा गरेका सकारात्मक कामबारे आम नागरिकसँग सन्देश पुरयाउन सञ्चारकर्मीसँगको सम्बन्धलाई पनि अझ सुमधुर बनाउन पर्नेमा जोड दिए। 

कार्यक्रममा राजपाकी नेतृ रम्भा मिश्र, पत्रकार जगदीश शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, विजय महत्तो, तुलसी भण्डारी, आशीक अन्सारी, सुरेश बिडारी, माधुरी महत्तोलगायतकाले आ–आफनो धारणा राखेका थिए। 

 कार्यक्रममा सहभागीको सुझाव सुनेपछि जवाफ दिँदै नेपाली सेनाका उपरथी नरेशचन्द भटट्ले राजनीतिक र सामाजिक परिवेश अनुसार नेपाली सेना र उसको गतिविधी रुपान्तरण भइरहेको बताए। 

केही व्यक्तिबाट केही गलत काम हुन्छन्। त्यसले संगठनमाथि प्रश्न उठ्ने गरेको छ’, उनले भने, ‘तर, त्यसलाई सेनाको संस्थागत गल्ती ठान्नु हुँदैन। गल्ती गर्नेलाई विभागीय कारबाही गर्दे आएका छौँ।’ 

सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउनका लागि नेपाली सेनाले नेपाली, भोजुपुरी, मैथली र अवधी भाषमा देशका दुई सय २० वटा एफएम रेडियोबाट सैनिक कार्यक्रम प्रशारण गर्दै आएको जानकारी उनले दिए।  

 कार्यक्रममा सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा प्रथम मैथीली भाषाको चलचित्र अप्पन र सात्वना भएको लघुचलचित्र प्रदर्शन गरिएको थियो।

सैनिकको रेडियो कार्यक्रम प्रशारण गर्दै आएका वीरगन्जका सामुदायिक रेडियो नारायणी एफएम र रेडियो वीरगन्जलाई प्रशंसापत्रसहित सम्मान गरेको छ। अन्तरक्रिया कार्यक्रममा महासेनानी ईश्वरकुमार श्रेष्ठ, प्रमुख सेनानी प्रधुम्न पौडेल, कर्णेल सिर्जनबहादुर मल्ल, क्याप्टेन अनिल यादवलगायतको उपस्थिती थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.