जहाँ १२ वर्षको उमेरमा केटी केटा बन्छन्

जहाँ १२ वर्षको उमेरमा केटी केटा बन्छन्

लन्डन : पत्याउनु हुन्छ ? विश्वमा एउटा यस्तो गाउँ छ, जहाँका केटी १२ वर्षको उमेरमा केटामा फेरिन्छन् ? पक्‍कै पत्याउनु भएन होला। तर यो सत्य हो। यो गाउँमा जन्मेका ९० जना बालिकामध्ये एक जना १२ वर्ष पुग्दा नपुग्दै केटामा परिणत हुन्छन्। सालिनास गाउँका बासिन्दालाई भने यो कुनै असामान्य घटना लाग्दैन।

यस्तो चमत्कार हुने ठाउँ भने क्यारेबियाली क्षेत्रमा डोमिनिकन रिपब्लिकमा पर्छ। गाउँको नाम हो- सालिनास। यो गाउँमा जन्मिएका ९० जना केटीमध्ये औसतमा एकजना केटामा बदलिन्छन्। यस्तो 'प्युबर्टी' उमेरमा पुगुन्जेल (किशोर वय सुरु हुन्जेल) सम्म अर्थात् जन्मिएदेखि १२ वर्षको उमेरसम्ममा हुने गर्छ।

प्रजनन् अंग न त केटा न ठ्याक्‍कै केटीजस्ता हुने यस्ता बालबालिकालाई त्यहाँ 'गोविदसिस' भनिन्छ, जसको अर्थ हुन्छ १२ वर्षमा पुरुष। यसलाई 'माकिहेम्ब्रा' पनि भनिन्छ, जसको अर्थ हुन्छ 'पहिले महिला, पछि पुरुष'। यो गाउँमा करिब जन्मने बालबालिकामध्ये करिब २ प्रतिशत यस्ता 'माकिहेम्ब्रा' हुने अनुमान छ। चिकित्सा शब्दावलीमा यस्ता बालबालिकालाई 'स्युडोहर्माफ्रोडाइटी' भनिन्छ। 

यस्तो दुर्लभ घटनासम्बन्धी बेलायती सञ्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको हो। बीबीसीको च्यानल २ को सिरिज 'काउन्टडाउन टु लाइफ' बाट सालिनास गाउँ र त्यहाँ हुने यस्तो जैविक परिवर्तनबारे सन् २०१५ मा जानकारी दिएको थियो।

कर्नेल विश्वविद्यालयकी डा. जुलियन इम्पेरातो-म्याकगिन्ली डोमिनिकन रिपब्लिक घुम्न जाँदा सन् १९७० मा सबैभन्दा पहिले यो अचम्मको गाउँबारे पत्ता लगाएकी थिइन्। सालिनासमा बालिकाका स्वरूपमा जन्मिएका शिशु हुर्किंदै जाँदा १२ वर्षभित्रमा उनीहरूको शरीर केटामा फेरिन्छ। बीबीसी २ ले निर्माण गरेको काउन्टडाउन टु लाइफमा टेलिभिजन पत्रकार माइकल मस्लीले सालिनासका त्यस्ता बासिन्दाको कथा प्रस्तुत गरेका छन्, जो पहिले केटी थिए र १२ वर्ष पुग्दा नपुग्दै केटामा परिणत भए।

यसमा मस्लीले सालिनासका जोनी नाम गरेका एक युवाको कथाको चर्चा गरेका छन्, जो जन्मिँदा बालिका थिए। त्यसबेला उनको परिवारले उनलाई फेलिसिटिया भनेर बोलाउँथे। उनी बालिकाकै पोसाक लगाउँथे। बाल्यकाल सम्झँदै जोनी भन्छन्, 'मलाई केटीका कपडा लगाउन मनै पर्दैनथ्यो। केटीले जस्तै पुतली (गुडिया) खेलाउन पनि फिटिक्‍कै मन लाग्दैनथ्यो।'

उनी घरमै जन्मिएकाले कसैले पनि उनका प्रजनन् अंग अलि फरक थिए भनेर थाहै नै पाएनन्। उनका प्रजनन् अंग केटाका जस्ता थिएनन् तर ठ्याक्‍कै केटीका जस्ता पनि थिएनन्। फेलिसिटिया ७ वर्षकी भएपछि उनको शरीरमा परिवर्तन आउन थाल्यो। उनको शरीर केटाको जस्तो हुन थाल्यो। २८ वर्षका भइसकेका जोनी अहिले पुरुष जीवन बिताइरहेका छन्।

यस्तो कसरी हुन्छ ?
चिकित्सकका अनुसार एउटा दुर्लभ वंशाणुगत विकृतिका कारण गर्भमा रहेको शिशुको शरीरमा पुरुष हर्मोन डिहाइड्रो टेस्टोस्टेरोन निर्माण हुन पाउँदैन।  गर्भको सुरुमा सबै शिशुको लिंग उस्तै हुन्छ, अर्थात छुट्टिँदैन। गर्भको आठौं सातामा गर्भको शिशु शरीरमा डिहाइड्रो टेस्टोस्टेरोन बन्न थाले त्यो शिशु केटाका रूपमा जन्मिन्छ। 

तर, केही गर्भस्थ शिशुमा यो हर्मोन बन्न नसक्दा जन्मपछि पनि उनीहरूको शरीर बालिकाको जस्तै हुन्छ। तर प्युबर्टी वा किशोरावस्था सुरु हुनासाथ उनीहरूको शरीरमा हाइड्रो टेस्टोस्टेरोन निर्माण हुन थाल्छ र उनीहरूमा मेल अर्गान्स अर्थात पुरुष जननेन्द्रिय विकास हुन थाल्छ। यस्तो हुने समय भने धेरैजसो १२ वर्षको उमेरमा हुने गर्छ। क्यारेबियाली गाउँ सालिनासमा यस्ता लिंग परिवर्तनका यस्ता कैयौं मामिला भइसकेका छन्। दुर्गम यो गाउँ निकै पिछडिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.