नेकपा कार्यकर्तालाई आचरण सुधार्न नेता रावलको निर्देशन

नेकपा कार्यकर्तालाई आचरण सुधार्न नेता रावलको निर्देशन

बझाङ : नेकपाका नेता भीम रावलले कम्युनिष्टहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने बताएका छन् । नेकपाको पार्टी एकतापछि जिल्ला कमिटीलाई सपथग्रहण गराउन बझाङ आएका नेता रावलले यस्तो बताएका हुन् ।

सपथग्रहणपछि बुधबार मन्तब्य दिने क्रममा उनले कम्युनिष्ट हँु भन्ने तर आचरण र व्यवहार कम्युनिष्ट जस्तो नभएकाले कम्युनिष्टप्रति धारणा गलत हुँदैगएको टिप्पणी गरेका थिए ।

‘हामी जहिले पनि सर्वहारा, गरिब बिपन्न तथा पछाडि परेका वर्गकै हक, हितका लागि भनेर भाषण गर्दै हिँड्यौँ तर हाम्रो व्यवहार र कार्यशैलीले अझै गरिब निमुखा असहायका लागि काम गर्न सकेन,’ नेता रावलले भने ।

कम्युनिष्ट भन्दै जाने तर पछिल्लो समयमा भ्रष्टाचारबाट अकूत सम्पत्ति आर्जन गर्ने क्रम बढेकोमा पनि उनले असन्तुष्टि पोखे । बझाङमा नेकपाको नयाँ जिल्ला कमिटीमा पूर्व एमाले र माओबादीबीच ६०÷४० को भागवण्डा गरी एकता भएको हो ।

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० जना र माओवादीबाट ५५ सदस्य छन् । जिल्ला अध्यक्ष भने पूर्व माओवादीका युवा नेता मिन कुंवर छनोट भए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.