पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड
न्यूयोर्क : अमेरिकामा रहेका पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गरिएको छ।
लामो समयदेखि अमेरिकामा रहेका पत्रकार थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको हो। समुदायको हितका लागि काम गर्नेलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आइतबार प्रदान गरिएको हो।
कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले अवार्ड प्रदान गरे। अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविष्यको कामना गरे।
नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा विभिन्न पत्रिका र एफएममा पत्रकारिता सक्रिय रहेका थिए। विगत ९ वर्षदेखी थापा अमेरिकामा छन्।
प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपूर्ण अवार्ड प्रदान गरिएकोमा खुसी व्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन्।