सगरमाथा बचाउन सर्वोच्चमा रिट

सगरमाथा बचाउन सर्वोच्चमा रिट

काठमाडौं : सर्वोच्च शिखर सगरमाथामा फोहोर हटाउन कडा अनुगमन संयन्त्र खडा गरी सरसफाई राख्न नसकेका कारण विश्वमा मुलुकको छवि बिग्रने अवस्था आएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सगरमाथाको दोस्रो क्याम्पभन्दा माथि फोहोर विकराल हुँदै गएको दाबीसहित अधिवक्ता अमिता गौतम पौडेलले रिट दिएकी हुन्। आरोहण सिजनमा सगरमाथाको समिटदेखि तल भिरालो परेको भागमा कहिलेकाहीँ आरोहीले दुई महिनासम्मै बताउनुपर्ने र उनीहरूले त्याग गरको मलमूत्र पानीको मुहानसम्म पुगेर मिसिँदा बेसक्याम्पका मानिसले स्वास्थ्य समस्या, संक्रामक रोग र वातावरणीय प्रदूषणको सामना गर्नुपर्ने खतरासमेत उत्पन्न भएको दाबी गौतमको छ।

प्रभावकारी अनुगमनको अभाव हुँदा लापरबाही बढेर स्वच्छ वातावरण र सम्मानपूर्वक बाच्न पाउने नागरिक हकमै आघात पुग्ने अवस्था उत्पन्न भएकाले सार्वजनिक सरोकारको रिट दिनुपरेको भनाई निवेदकको छ।

सगरमाथा फोहर व्यवस्थापनका लागि यान्त्रिक साधन नै खडा गर्नुपर्ने अवस्था पनि रिटमा दर्साइएको छ।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २८ (१) (क) (ख) अनुसार पर्वतारोहणका लागि काठमाडौंबाट प्रस्थान गरेको मितिले ८,००० मिटर भन्दा बढी उचाइको हिमालचुलीको हकमा ७५ दिन, ७,००० मिटर देखि ८,००० मिटर उचाई भएको हिमाल चुलीको हकमा ६० दिन, ७,००० मिटर भन्दा कम उचाई भएको हिमालचुलीको हकमा ४५ दिनसम्म तथा खुम्बु, अन्नपुर्ण, मनास्लु हिम श्रृंखलाका हिमचुली बाहेकका अन्य हिमचुलीका लागी आधार शिविरमा झर्नुपर्ने अवधिमा पर्वतारोही दलको अनुरोधमा १५ दिनसम्म थप गर्न सकिने व्यवस्था छ।

लामो समय आरोहणमा बिताउँदा पर्वतारोहीले चिसो याममा प्लास्टिकका बोत्तल, खाने चिजका खोल जस्ता चिजबिज हिउँमुनी गाडेर छाड्ने र गर्मी याममा हिउँ पग्लिने भएकाले बाहिर उत्रने अवस्था हुँदा सर्वोच्च शिखरको मौलिक दृष्यावलोकनमा गम्भीर आँच आएको समस्या पनि रिटमा देखाइएको छ।

‘फोहोरको अवस्था तुरुन्त अन्त्य गर्न, नयाँ कानुनको आवश्यकता परे बनाउन, पर्वतारोहणमा उचित ढंगले नियमन र अनुगमन गर्न र विज्ञ संलग्न वातावरणीय अध्ययन टोली गडन जस्ता माग राखेर सार्वजनिक हितमा रिट दिएकी हुँ। रिटमा जथाभावी लापरबाही बन्द गर्न अन्तरिम आदेश पनि मागेकी छु,’ रिट निवेदक गौतमले अन्नपूर्णसँग भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.