प्राधिकरण खारेजी विरुद्ध मुद्दा

प्राधिकरण खारेजी विरुद्ध मुद्दा

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय टेलिकम ट्राफिक अनुगमन गर्न आवश्यक प्रणाली जडान प्रक्रिया खारेजी विरुद्ध सर्वोच्च आदालनमा मुद्दा दायर भएको छ। प्रक्रिया खारेजी विरुद्ध विदेशी कम्पनीले भानराइज सोलुसन्स एसएएलले मुद्दा हालेको हो। कम्पनीले प्रक्रिया खारेजी रोक्न माग गर्दै प्राधिकरण विरुद्ध मुद्दा हालेको थियो।

मुद्दामा सर्वोच्चले यही २७ गते अन्तरकालीन आदेश जारी गरेको छ। मुद्दाबारे छलफल गर्न दूरसञ्चार प्राधिकरणलाई सार ४ गते सर्वोच्चले बोलाएको छ। यसअघि वैशाख अन्तिम साता प्राधिकरणले अन्तर्राष्ट्रिय टेलिकम ट्राफिक अनुगमन तथा नाप गर्न र एन्ट्रि फ्रड सिस्टम जडान गर्न सुरु गरेको प्रक्रिया खारेज गर्ने निर्णय गरेको थियो। प्राधिकरणले उक्त सिस्टम जडान प्रक्रियमा नियम मिचिएको पाइएकाले खारेज गरेको जनाएको छ।

‘यो सिस्टम जडानको प्रक्रियमा नियम उल्लंघन भएको पाइयो’, प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालले भने, ‘अघिल्लो नेतृत्वले यो प्रक्रिया अघि बढाएको थियो।’ उक्त प्रक्रियामा नियम उल्लंघन भएको पाइएकाले अहिले त्यसलाई खारेज गरेर नयाँ प्रक्रियामा जान प्राधिकरणले खारेज गर्ने निर्णय गरेको खनालले बताए।

प्राधिकरणले खारेजीका विषयमा वैशाख २९ गते कम्पनीलाई पत्र पठाएर जानकारी गराएको थियो। प्राधिकरण कम्पनीलाई पठाएको पत्रमा सीमित प्रतिस्पर्धी हुन गएको उल्लेख छ। कम्पनीले भने, स्पष्टीकरण बिना नै खरिद प्रक्रिया रद्ध गर्नु तर्क संगत र कानुन संगत नभएको, तथा असान्दर्भिक, गैरकानुनी एवं औचित्यहीन भएको जिकिर गरेको छ। बिना कारण रद्ध गर्दा आफ्नो कम्पनीलाई नोक्सानी भएको भन्दै प्रक्रिया सुरु गराउन कम्पनीले माग गरेको छ। भानराइजले आफूले सो प्रक्रियाका सम्पूर्ण चरण पार गरेर न्यूनतम मूल्यमा सो प्रणाली जडान गर्न तयारी गरिरहेको तर प्राधिकरणले बिना जानकारी अचानक खारेज गरेको दाबी गरेको छ।

कम्पनीले दायर गरेको मुद्दाको निवेदनमा अन्य तीन कम्पनी एनसफ्ट लिमिटेड हङकङ, एसजीएस एसए जेनेभा, र टिकेसी टेलिकम इन्क मन्ट्रेयल, क्यानाडामध्ये आफू उत्केष्ट रेहको दाबी गरेको छ। कम्पनीले टेन्डरको वित्तीय तथा प्राविधिक मूल्यांकन आफूले ८६.२७ अंक हासिल गरेर उत्कृष्ट भएको पनि उल्लेख गर्दै खरिद प्रक्रिया टुंगोमा पुर्‍याइ पाउँ भन्दै सर्वोच्चमा माग गरेको छ। प्राधिकरणले यसअघि २०७४ असोज २० गते पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्दै इन्टरनेसनल टेलिकम्युनिकेसन्स ट्राफिक मनिटरिङ सिस्टम जडान गर्न बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा इन्टरनेसनल टेलिकम्मुनिकेसन्स ट्राफिक मनिटरिङ, मेजरमेन्ट एन्ड एन्टी फ्रड सिस्टमका लागि आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयरका साथै अपरेसनको डिजाइन, विकास, आपूर्ति, जडान गर्नुपर्ने भनिएको थियो।

विषेशगरी देशमा विदेशी पैसा भित्रिने प्रमुख माध्यमको रूपमा रहेको इन्टरनेसनल कलमा बिचमा घोटाला भएको हुन सक्ने अनुमानका साथ इन्टरनेसनल ट्राफिक मनिटरिङको व्यवस्था गर्न लागि प्राधिकरणले यो प्रक्रिया अघि बढाएको थियो। उदाहरणका लागि अहिले सयवटा कल विदेशबाट आउँदा ८० वटामात्र आएको छ भनी २० वटा कल लुकाइएको हुने सक्ने अनुमान त्यसबेला प्राधिकरणले गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.