केन्द्र टुंगो नलाग्दा सदरमुकामबाट सेवा

केन्द्र टुंगो नलाग्दा सदरमुकामबाट सेवा

जाजरकोट : जुनीचाँदे गाउँपालिकाको केन्द्र विवाद अझै सुल्झिन सकेको छैन। स्थानीय तहको निर्वाचन भएको दुई वर्षसम्म पनि केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीच सहमति नहुँदा केन्द्र टुंगो नलागेको हो। केन्द्र विवादले गर्दा कर्मचारी सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन्।

प्रशासनिक केन्द्र स्थापना हुन नसक्दा स्थानीयले गाउँमै सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्। निर्वाचन भएको ६ महिनाभित्र भए सामान्य बहुमतले केन्द्र तोक्न सकिने कानुनी ब्यवस्था छ। ६ महिना अवधिपछि निर्णय गर्दा गाउँ सभाको दुइतिहाई बहुमतले निर्णय गर्नुपर्छ।

गाउँपालिकाको केन्द्र लुहादह राख्ने कि सानाखोला राख्ने विषयमा गाउँसभाको दुइतिहाई मत नपुग्दा निर्णय हुन नसकेको हो। स्थानीय तह घोषणा गर्दा सरकारले जुनीचाँदे गाउँपालिकाको केन्द्र पराले भन्ने ठाँउ तोकेको थियो। तर सबैलाई पायक पर्ने भन्दै सानाखोला कायम गरिएको थियो। सबैको पायक पर्ने साना खोलामा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने एक थरीका जनप्रतिनिधिको भनाइ छ।

अध्यक्ष कृष्णबहादुर केसीलगायतका केही जनप्रतिनिधिले लुवा दहमा केन्द्र हुनुपर्ने अडानमा छन्। तर दुइतिहाई कुनै पक्षमा पनि पुग्ने अवस्था छैन। गाउँपालिका केन्द्र विवादका कारण गत दुई वर्षदेखि कर्मचारी गाउँ जान सकेका छैनन्। कर्मचारीले सदरमुकाम खलंगाबाटै काम गरिहेका छन्। स्थानीय सामान्य कामका लागि पनि सदरमुकाम आउन वाध्य छन्। चुनाव ताका गाउँ गाँउमा सिंहदरबार आउने भनिए पनि सामान्य कामका लागि समेत सदरमुकाम धाउनुपर्ने बाध्यता नहटेको जुनीचाँदे ४ का हरिबहादुर खड्काले गुनासो गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.