कांग्रेसले संयुक्त सम्मेलन गर्ने

कांग्रेसले संयुक्त सम्मेलन गर्ने

नुवाकोट : कांग्रेसले नुवाकोट १ र २ नम्बर क्षेत्रको संयुक्त क्षेत्रीय सम्मेलन गर्ने भएको छ। संयुक्त रूपमा क्षेत्रीय सम्मेलन गर्ने कांग्रेसको विधानमा कहीँ–कतै उल्लेख नभएको जिल्ला तहका नेता बताउँछन्। जेठ ३२ गते हुने क्षेत्रीय सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकको पत्रमा उल्लेख छ।

विधानमा उल्लेख नभए पनि दुई वटा क्षेत्रको सम्मेलन एकै ठाउँमा एकैचोटि गर्नुपर्ने भए जिल्ला समितिमा छलफल गर्नुपर्ने व्यवस्था छ। जिल्ला समितिमा भने यसको कुनै जानकारी नभएको जिल्लाका नेता बताउँछन्।यसबारे नुवाकोट जिल्ला कांग्रेस सभापति जगदीश्वर नरसिंह केसीसँग सम्पर्क गर्न खोज्दा केही बताउन चाहेनन्। पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले भने सभापति क्षेत्रीय सम्मेलन नभई आमसभामा जाने बताएको छ।

विधानविपरीत दुई वटा क्षेत्रको संयुक्त सम्मेलन हुनै नसक्ने र सभापतिलाई आमसभा भनेर बोलाइएको सभापतिका सहयोगी भानु देउवाले बताए। जिल्ला सभापतिलाई समेत कार्यक्रमको जानकारी गराएको भन्दै आयोजकले सभापतिलाई निमन्त्रणा दिएको उनको भनाइ छ। तर, आयोजकले बाँडेको पत्रमा भने संयुक्त क्षेत्रीय सम्मेलन भनेर उल्लेख गरिएको छ।

कांग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले भेला संयुक्त गर्न मिले पनि संयुक्त क्षेत्रीय सम्मेलन गर्न जिल्ला समितिसँग समन्वय गर्नुपर्ने बताए। कांग्रेसका केही अगुवाले भने विधानविपरीत हुने कार्यक्रममा सभापति जान नहुने टिप्पणी गरेका छन्।

कांग्रेसको देशव्यापी जागरण अभियानले सोचेजस्तो परिवर्तन ल्याउन नसकेको र जिल्ला तथा क्षेत्रगत तहका कार्यकर्तामाझ सन्देश दिन नसकेको कतिपय नेताहरूले स्विकारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.