राजमार्गसँग जोडिँदै भन्सार

राजमार्गसँग जोडिँदै भन्सार

परासी : पश्चिम नवलपरासीको महेशपुरदेखि सुनवलसम्म सडक निर्माण हुने भएको छ। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, सडक विभागले सुनवल–परासी हुँदै महेशपुरसम्मको सडक ‘डेलिकेटेड फोरलेन’का रूपमा स्तरोन्नति प्रक्रिया अघि बढाएको छ।

महेशपुरस्थित छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गरेपछि यसलाई राजमार्गको सडक सञ्जालसँग जोड्न सडक निर्माण थालिएको हो। सडकको दूरी २२ किमि र चौडाइ एक सय फिट ३०.५ मिटर (बीच सडकबाट १५÷१५ मिटर) छ। नालीबाहेक कालोपत्रे सडकको चौडाई २३ मिटरको हुनेछ। बाँकी क्षेत्रफलमा अन्य संरचना निर्माण हुनेछन्।

सडक निर्माण प्रक्रिया साउनदेखि सुरु हुने आयोजनाअन्तर्गतको बुटवल–बेलहिया स्तर आयोजना व्यापारिक मार्ग स्तर आयोजना रुपन्देहीका योजना प्रमुख जीवेन्द्र मि श्रले जानकारी दिए। अहिले सय फिटमा सडक निर्माण भए पनि स्थानीयले दुवैतर्फ ६÷६ मिटर छाड्नुपर्ने उनले बताए। त्यसरी छाडिएको स्थानमा स्थानीयले अस्थायी संरचना निर्माण गर्न पाउनेछन्। तर, स्थायी संरचना भने निर्माण गर्न नपाउने सडक ऐनमा उल्लेख छ।

पहिलो चरणमा ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढ्नेछ। ठेक्का व्यवस्थापनका लागि मात्र करिब २५ करोड रुपैयाँ विनियोजन भएको मि श्रले जानकारी दिए। सडकको कुल निर्माण लागत साउन पहिलो साता जानकारी हुने मि श्रको भनाइ छ। ‘सडक निर्माणका लागि मंसिरदेखि पुससम्म ठेक्का सम्झौता प्रक्रिया पूरा हुन्छ। निर्माण सुरु भने मंसिर वा पुसबाट हुनेछ’, योजना प्रमुख मि श्रले भने।

यो सडक सुनवलदेखि परासीको बुद्धचोक र महेशपुर चोकबाट बाइपास भएर महेशपुर बजारदेखि भन्सार कार्यालय हुँदै दस गजा क्षेत्र नजिक पुगेर टुंगिन्छ। यो सडकले सुनवल नगरपालिका, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिका गरी तीन स्थानीय तह समेटेको छ।

भन्सारदेखि उत्तर दक्षिण करिडोर जोड्ने यो सडक निर्माणपछि पाल्पादेखि पोखरासम्मका स्थानीय लाभान्वित हुने सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए। सुनवल–महलपोखरी हुँदै पाल्पाको रामपुरसम्मको कालीगण्डकी करिडोरसम्म छुने भएकाले व्यापारिक दृष्टिले अत्यन्तै कम दूरीको सडक हुने थापाको भनाइ छ। यो सडक व्यापारिक र औद्योगिक सडकका रूपमा रहेकाले नवलपरासीको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग मिल्ने थापाले बताए।

सडक निर्माणका लागि पहिल्यै एक सय फुट छाडेकाले आफ्नो गाउँपालिकामा कुनै समस्या नहुने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले बताए। सडक निर्माणपछि यस क्षेत्रको आर्थिक विकास र भन्सार नाकामा चहलपहल बढ्ने गुप्ताको भनाइ छ।

आयोजनाले निर्माण गर्न लागेको सडकअन्तर्गत सदरमुकाम परासीमा छुट्टै सडक विस्तार भइरहेको छ। सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माण सुरु गरेको हो। सडकको लागत १४ करोड ७ लाख रुपैयाँ छ। परासी बुद्धचोकदेखि नीलो गेटसम्म निर्माण भइरहेको सडक विस्तार समयमा सम्पन्न नहुने भएको छ। सम्झौताको समयअनुसार काम सम्पन्न गर्न नसक्ने भन्दै निर्माण कम्पनीले फेरि एक वर्षको म्याद थप गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.