मुक्तिनाथ गुरुयोजनाको काम धमाधम

मुक्तिनाथ गुरुयोजनाको काम धमाधम

जोमसोम : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले मुक्तिनाथ पूर्वाधार विकास तथा कागबेनी श्राद्धस्थल संरक्षण र स्तरोन्नति कामको गुरुयोजना बनाएको छ। बहुवर्षीय मुक्तिनाथ गुरुयोजनाका लागि चालु वर्ष र आगामी आर्थिक वर्ष गरेर ३ करोड बजेट विनियोजन भएको हो। सरकारले गुरुयोजना अघि बढाएपछि स्थानीय स्तरको प्रारम्भिक कार्य सुरु भएको हो।

पर्यटन विभागले २ महिना अघि मात्र गुरुयोजनाको पहिलो फेजको टेन्डर स्वीकृत गरेको हो। विनियोजित ३ करोडले मुक्तिनाथ पूर्वाधार अन्तर्गत मन्दिर परिसरको क्षेत्रफल बढाउँदै त्यसको थप स्तरवृद्धि गर्ने, मन्दिर परिसरको नजिकैको पुरानो आनी–झुमा बस्ने संरचना मासेर त्यसको केही पछाडि नयाँ २ वटा आनी क्वाटर बनाउने, कागबेनीको धार्मिक श्राद्ध स्थलक्षेत्रको संरक्षण गर्न रिटेयरिङ वाल लगाउने र श्राद्ध स्थल ओर्लने–उक्लने सिँढी बाटो निर्माण गर्ने योजना रहेको पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए।

अहिले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थल वरपर धमाधम रिटेयरिङ वाल लगाउने कार्य भइरहेको इन्जिसनियर यादवले बताए। उनका अनुसार बहुवर्षीय गुरुयोजनाको पहिलो फेजको काम सिएम कन्ट्रक्सनले जिम्मा लिएको हो। मुक्तिनाथको आनी क्वाटर, मन्दिर परिसरको सुधार शांैचालय, कागबेनी श्राद्ध स्थलको तटबन्ध निर्माण लगायतका काम सक्न २ वर्षमा सक्ने गरी कन्ट्रक्सनले सम्झौता गरेको हो।

मुक्तिनाथ गुरुयोजनाका लागि १ वर्षअघि मात्रै पूरातत्व विभाग र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको टोलीले मुस्ताङको जोमसोममा विस्तृत मुक्तिनाथ गुरुयोजनाको डीपीआर सार्वजनिक गरेको थियो। ऐतिहासिक लोमान्थाङ दरबार र गुफाहरुका लागि ५० लाख, दामोदरकुण्ड धार्मिक स्थलका लागि ५० लाख, जोमसोमको पर्यटन प्रवद्र्धनमा ५० लाख र घरपझोङ गाउँपालिका ४ मिनी पार्कका लागि २० लाख छुट्टयाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.