सभापतिलाई ८ करोडका गाडी, सांसदलाई ल्यापटप

सभापतिलाई ८ करोडका गाडी, सांसदलाई ल्यापटप

काठमाडौं : संघीय संसद्ले विषयगत समितिका सभापतिका लागि झन्डै ८ करोडका गाडी खरिद प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले ११ वटा गाडी र दुई वटा अपांगमैत्री मोटरसाइकल किन्न सहमति दिएसँगै सचिवालयले खरिद प्रक्रिया अघि बढाएको हो।

समितिका सभापतिले चढिरहेका गाडी पुराना र काम नलाग्ने भएको भन्दै सचिवालयले बारम्बार अर्थ मन्त्रालयसँग बजेट मागेको थियो। जेठ २ गते अर्थमन्त्रीस्तरीय निर्णयले ६० लाखको सीमाभित्र रहेर ११ वटा गाडी किन्न सचिवालयलाई सहमति प्रदान गरेको थियो। अर्थले ११ गाडी र २ अपांगमैत्री मोटरसाइकल किन्न ७ करोड ६० लाख रकम निकासा दिएको सचिवालय स्रोतले बतायो। दुई जना अपांगता भएका सांसदलाई दिन सचिवालयले दुई अपांगमैत्री मोटरसाइकल किन्न लागेको हो।

यसअघि पनि सभापतिका लागि सचिवालयले गाडी किन्न रकम मागेको थियो। त्यतिबेला ३ करोड मात्र दिएपछि सचिवालयले ५ वटा गाडी किनेको थियो। ती गाडी समिति सभापतिहरूलाई दिइएको सचिवालय स्रोतले बतायो। संघीय संसद्मा १६ जना सभापति छन्। ५ वटा मात्र गाडी किन्न सहमति आएपछि सचिवालयले थप ११ सभापतिका लागि गाडी किन्नुपर्ने भन्दै वैशाख १९ गते अर्थमा पत्र पठाएको थियो।

‘सभापतिलाई दिइएका गाडी पुराना र थोत्रा भए’, सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले भने, ‘केही त मर्मत गर्न नमिल्ने, केही गरे पनि धेरै खर्च लाग्ने भएपछि नयाँ किन्ने निर्णयमा पुगेका हौं।’ समिति सभापतिहरूले व्यक्तिगत कामका लागि पनि जिल्ला जिल्ला गाडी लैजाने र लापरवाहीपूर्वक चलाउने गरेकाले नयाँ गाडी पनि छिट्टै थोत्रिने सचिवालयका कर्मचारी बताउँछन्।

यस्तै सचिवालयले प्रत्येक सांसदलाई एक÷एक थान ल्यापटप दिने भएको छ। सचिवालयले ल्यापटप खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ। ल्यापटपपछि सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम दिने तयारी सचिवालयको छ। सांसदलाई सूचना प्रविधिमैत्री बनाउन ल्यापटप र तालिम दिन लागेको सचिवालयका कर्मचारीको भनाइ छ।

संघीय संसद्का ३ सय ३४ सांसदलाई दिने ल्यापटपमा साढे ३ करोड जति खर्च हुने अनुमान गरिएको सचिवालय स्रोतले बतायो। सचिवालयले समिति सभापतिका लागि डेस्कटप कम्प्युटर र प्रिन्टर किन्न अर्थसँग रकम मागेको छ। तर अर्थबाट स्वीकृति नआएको सचिवालयले बतायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.