विद्यार्थीले किताब पाएनन्

विद्यार्थीले किताब पाएनन्

मुगु : शैक्षिक शत्र सुरु भएको दुई महिना बित्न लाग्दासमेत जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका विद्यालयमा किताब पुगेका छैनन्। बिक्री वितरणको जिम्मा लिएका स्टेशनरी तथा सप्लार्यसहरुले समयमै ढुवानी नगर्दा यहाँका विद्यार्थी किताब पाउनबाट वञ्चित भएका छन्। सोरु गाउँपालिकामा रहेका ४१ वटा विद्यालयले किताब बिना नै पढाइरहेका छन्।

भवानी मावि पुरुमुरुस्थित कक्षा १० मा अध्यनरत विद्यार्थी शिव मल्लले भने, ‘पढाई सुरु भएको दुई महिना पुग्न लागिसक्यो, किताब नहुँदा घरमा पढ्न पाँईदैन, किताब लिन सदरमुकाम गमगढीमा दुई पटक पुग्दासमेत पाएनौं।’ शिक्षकले अहिले विद्यालयमा रहेका केही किताबले पढाउने गरेका छन्। कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्रको कर्णाली प्रदेश कार्यालय सुर्खेत र कक्षा १ देखि ५ सम्मका किताब काठमाडौंका नीजि प्रकाशनबाट ल्याएर विद्यालयलाई बिक्री गर्ने जिम्मा केबी, जयलक्ष्मि, त्रिशक्ति र अबिनास स्टेशनरीले लिएका छन्।

पहिलो पटक ल्याएका किताब छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयलाई वितरण भएका छन्। सोरुका ४१ वटा विद्यालका लागि ल्याइएका किताब हाल सुर्खेतको मनकामना ढुवानी सेवामा थन्किएका छन्। ढुवानी सेवाले ढुवानी गर्न ढिलो गरेकाले किताब नपाएको त्रिशक्ति स्टेशनरीका संचालक नृपेन्द्रबहादुर मल्लले बताए।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याडमा शैक्षिक शत्र सुरु हुँदै किताब पुगेका थिए। आफुहरुले अहिलेसम्म विद्यार्थीलाई बिना किताब पढाइरहेको कालै माविका शिक्षक बिरबहादुर बमले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.