पर्यटकिय क्षेत्र बन्दै गुप्तेश्वर

पर्यटकिय क्षेत्र बन्दै गुप्तेश्वर

भोजपुर : रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेव थान जिल्लाको प्रमुख पर्यटकिय क्षेत्र बन्न थालेको छ। एक वर्षअघि सडक खन्ने क्रममा फेला परेको देवस्थानलाई स्थानीयको संरक्षणमा धार्मिक क्षेत्र बनाइएको छ। घेरबार गरी गुप्तेश्वर महादेवको पुजा गर्न थालेपछि जिल्लाभित्र र बाहिरका पर्यटकहरु वर्षेनी पूजा आजाका लागि आउन थालेका छन्।

नमूना धार्मिक पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले गाउँपालिका नै यसको निर्माण र संरक्षणमा लागिपरेको छ। गाईको थुन जस्तो देखिने, शिवलिङ्ग आकारका सेता, चुच्चा ढुङ्गाहरु यस स्थानमा छन्। यसको सुन्दरता हेर्दा लाग्छ पशुपति, हलेशी, मनकामनाभन्दा कम नरहेको स्थानीय बताउँछन्। गाउँमा कच्चि सडकको नयाँ ट्रयाक खोल्ने क्रममा भुल्केको कट्टिगाउँस्थित उक्त देउथान भेटिएको थियो। सडक खन्ने क्रममा स्काभेटरले भेटपछि स्थानीयले उक्त देउथानलाई विशेष महत्व दिएका छन्। देउथानमा पछिल्लो समय जिल्ला बाहिर र भित्रका हजारौँ तिर्थालुहरुको भिड लाग्ने गरेको छ।

तीर्थयात्रामा निस्कने भक्तालुलाई अहिले घर आगनमै देउताको दर्शन मिलेको छ। वर्षौँदेखि टाढाको तीर्थधामको कष्टपूर्ण यात्राबाट आराम पाएको स्थानीय ८१ वर्षिया कमला दाहालले सुनाइन्। ‘बुढेसकालमा देउधामको दर्शन गर्न महिना दिनै लगाएर बाहिर जानुपर्छ। छोरा, बुहारी, नातीनातिनीसँग जानुपर्छ’ उनले भनिन्, ‘अहिले आगनैमा भगवानको दर्शन गर्न पाइएको छ।’

अहिले गाउँलेले घेराबार गरेर धार्मिक परम्परा अनुसार नै शिवमहादेवको पुजाआजा सुरु गरेका छन्। विशेषगरी महाशिवरात्री र रामनवमीको अवसरमा तिर्थालुको भिड लाग्ने गरेको छ। मन्दिरका पुजारी स्थानीय गणेशप्रसाद निरौलाका अनुसार परापूर्वकालमा यहाँ देवस्थल रहे पनि पहिरोले पुरिएको हुनसक्ने बताए। देवथानको उत्पन्नसँगै छिमेकी राष्ट्र भारतदेखिसमेत भक्तजन आउने गरेको उनले बताए।

रामप्रसाद राई गाउँपालिकाको सहयोगमा स्थानीय भुल्के सडक निर्माण उपभोक्ता समितिले सडक विस्तार योजनाबाट भुल्केको देवालीथानदेखि ओख्रे हुर्बुभञ्ज्याङ सम्मको करिब ९ किलोमिटर सडक खन्ने क्रममा गत ०७५ साल फागुनमा उक्त देउथान फेला परेको थियो।

धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको उक्त देउथानको संरक्षण र सम्बर्द्धनका लागि वडा तहबाटै लागिपरेको वडाध्यक्ष डिकमान राई बताउँछन्। उनले भने, ‘यस ठाउँलाई बाहिर चिनाउन सके धार्मिक पर्यटनको सम्भावना एकदमै देखिन्छ। जसले यहाँको पर्यटनमा टेवा पुग्ने देखिन्छ। हामीले सोहि अनुरुप मन्दिरको रेखदेख, आवश्यक भौतिक संरचनाका निर्माणका लागि रकम विनियोजन गरेरै अगाडि बढाउने सोचेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.