मेगा बैंक र प्राइम लाइफबीच सम्झौता
काठमाडौं : मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिसँगै मेगा बैंकका ग्राहकले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा तथा सुविधा अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन्।
मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।