स्कीलअप–च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम सम्पन्न

स्कीलअप–च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं : सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रालिको सहकार्यमा आयोजना भएको स्कील–अप तालिम सम्पन्न भएको छ। 

यो सिप्रदिको विभिन्न च्यानल पार्टनर–आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो। 

नयाँ प्रविधि उपयोग गर्न सहज बनोस् भनेर कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। तालिममा विभिन्न जिल्लाका प्रतिनिधि सहभागी थिए। डडेल्धुरा, रामेछाप, धादिङ, दोलखा, बारा, आदिका प्रशिक्षार्थीले भाग लिएका हुन्। 

प्रशिक्षार्थीको छनोट लिखित परीक्षा र इन्टरभ्यु बाट भएको थियो। सहभागी प्रशिक्षार्थीको न्युनतम शैक्षिक योग्यता एसएलसी पास रहेको थियो। 

यस वर्षको स्कील–अप तालिम कार्यक्रम डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो। सुरुका ४५ दिन प्रशिक्षार्थीलाई सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमा जानकारी गराइएको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.