विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डको खेल वर्षाले प्रभावित

विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डको खेल वर्षाले प्रभावित

नटिङ्घम : जारी विश्वकपमा बिहीबार दुई अपराजित टोली न्युजिल्यान्ड र भारतको खेल वर्षाले प्रभावित भएको छ ।  नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो ३ ः१५ बजे सुरु हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन । 

हालसम्म तीन खेल खेलेको न्युजिल्यान्ड शतप्रतिशत नतिजासहित ६ अंक जोड्दै तालिकाको पहिलो स्थानमा छ। आफूले खेलेका अघिल्ला दुवै खेलमा जित हात पारेको भारत भने चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ। न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो। दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो।

यसैगरी भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेट र दोस्रो खेलमा पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। भारतले हालसम्म सन् १९८३ र सन् २०११ म दुई पटक विश्वकपको उपाधि जितिसकेको छ। भारत सन् २००३ मा पनि फाइनलमा पुगेको थियो। साविक विजेता न्युजिल्यान्डले भने हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन। यी दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म यी दुई टोलीबीच भएको खेलमा न्युजिल्यान्डभन्दा भारत केही बलियो देखिन्छ। एकदिवसीयमा यी दुई टोलीबीच हालसम्म एक सय ६ खेल भएको छ। भारत ५५ खेलमा विजयी भएको छ भने न्युजिल्यान्डले ४५ खेलमा जित हात पारेको छ। एक खेल बराबरी र पाँच खेल अनिर्णित रूपमा सकिएको छ।

यसैगरी यी दुई टोलीबीच विश्वकपमा हालसम्म भएको खेलमा भने भारतभन्दा न्युजिल्यान्ड केही सफल देखिन्छ। यी दुई टोलीबीच हालसम्म विश्वकपमा सात खेल भएको छ। चार खेलमा न्युजिल्यान्ड विजयी भएको छ भने तीन खेलमा भारतले जित हात पारेको छ। विश्वकपमा पछिल्लो पटक यी दुई टोलीबीच सन् २००३ मा भिडन्त भएको थियो। उक्त विश्वकपको सुपर सिक्स चरणमा भारतले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो। यी दुई टोली विश्वकपमा १६ वर्षपछि आपसमा भिड्न लागेका हुन्।

यी दुई टोलीबीच बिहीबार हुने खेल वर्षाबाट प्रभावित बन्ने सम्भावना भने थोरैमात्र छ। नटिङ्घममा बुधबार साँझदेखि ठूलो वर्षा नहुने मौसम विभागको अनुमान छ। तर, बिहीबारको खाना समयसम्म हल्का वर्षा भने हुन सक्ने बताइएको छ। जारी विश्वकपमा हालसम्म वर्षाका कारण दुईवटा खेल पूर्णरूपमा रद्द भइसकेको छ। अस्ट्रेलियाविरुद्धको खेलमा शतक बनाउने भारतीय खेलाडी शिखर धवन घाइते भएका कारण बिहीबारको खेलमा उनी अनुपस्थित रहने छन्। उनको हातको औंलामा चोट लागेको छ।

एकदिवसीयमा दुई टोली

कुल: १०६ खेल

भारत विजयी: ५५ खेल

न्युजिल्यान्ड विजयी: ४५ खेल

बराबरी: १ खेल

अनिर्णित: ५ खेल

विश्वकपमा दुई टोली

कुल: ७ खेल

न्युजिल्यान्ड विजयी: ४ खेल

भारत विजयी: ३ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.