आदित्य नारायण झाको कन्सर्ट काठमाडौंमा
काठमाडौं : चर्चित गायक आदित्य नारायण झाको काठमाडौंमा गन्जिने भएका छन्। जुलाईको पहिलो साता आदित्य ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुने भएका हुन्।
'आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउड सहित हिट नेपाल गीतलाई समेत प्रस्तुत गर्नेछन्। गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन्। सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीतसंगीतमा 'कुसुमे रुमाल २' मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए।
रंगिला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन्। उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।
क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रमका लागि आदित्यले आफु नेपाल आउँन लागेकोमा खुसि व्यक्त गरेका छन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ ।