जसले आफूभन्दा कान्छो श्रीमान बनाए : ऐश्वर्या रायदेखि प्रियंका चोपडासम्म

जसले आफूभन्दा कान्छो श्रीमान बनाए : ऐश्वर्या रायदेखि प्रियंका चोपडासम्म

नयाँदिल्ली : विवाहको लागि सामान्यतः केटा भन्दा केटी कम उमेरको हुनुपर्ने पुरुषसत्तात्मक समाजको मान्यता छ । त्यसो त, वैज्ञानिक हिसावले पनि विवाहको लागि पुरुष केही बढी उमेरको हुनु उपयुक्त ठहरिन्छ । यहाँ केही त्यस्ता जोडीको बारेमा चर्चा गरिएको छ, जो पुरुष भन्दा महिला बढी उमेरका छन् । तिनै आफूभन्दा कम उमेरका श्रीमान बनाउने बलिउडकर्मी महिलाको बारेमा यहाँ चर्चा गरिएको छ ।

अर्जुन कपुर–मलैका अरोरा : बलिउड अभिनेता अर्जुन कपुर फिल्ममा व्यस्त नभए पनि अचेल ‘लभ अफेयर्स’मा भने व्यस्त नै छन् । सँगै हरेक साता झैँ उनको गस्सिप आउने क्रम जारी छ । मुख्य कारण हुन् अभिनेत्री मलैका अरोरा । विवाहित मलैका अर्जुनसँग सम्बन्धमा रहेको कुरा लगभग सार्वजनिक नै भइसकेको छ । रोचक त उनीहरुको उमेरको विषयलाई लिएर धेरै गस्सिप बनिसकेका छन् । ३४ वर्षे अर्जुन आफूभन्दा ९ वर्ष जेठी अर्थात् ४३ वर्षीया अभिनेत्रीसँग प्रेममा मात्रै छैनन्, उनीहरु विवाहको तयारीमा समेत रहेको कुरा भारतीय सञ्चारमाध्यम जनाउँछन् ।


शिरिष कुन्दर–फराह खान : कोरिओग्राफर तथा फिल्ममेकर फराह खानले पनि आफूभन्दा ८ वर्ष कान्छा युवाकसँग विवाह गरिन् । शिरिष र फराहले २००४ मा विवाह गरेका थिए । उनीहरुले दुई छोरी जन्माइसकेका छन् । उनीहरुको ‘मे हुँ ना’मा पहिलो पटक भेट भएको थियो ।

प्रियंका चोपडा–निक जोन्स : बलिउड अभिनेत्री प्रियंका चोपडा विवाह गर्न अमेरिका पुगिन् । उनका श्रीमान निक नयाँ पुस्ताका स्थापित गायक हुन् । जो प्रियंका भन्दा १० वर्ष कम उमेरका छन् । उनीहरुले विवाह गरेको केही महिना मात्रै भएको छ ।

सैफ अली खान–अमृता सिंह : सैफ अली अमृताभन्दा १२ वर्ष कान्छा छन् । यद्यपि सैफ र अमृताबीच पारपाचुके भइसकेका छन् । १९९१ मा विवाह गरेको यो जोडी विवाहको १३ वर्षपछि अलग भयो । अन्ततः सैफले अभिनेत्री करिना कपुरसँग विवाह गरे । करिनासँग पनि उनले दुई सन्तान जन्माइसकेका छन् ।

फराह अख्तर–अधुना भवानी : फराह पनि पत्नी भन्दा ६ वर्ष कम उमेरका छन् । फिल्म ‘दिल चाहता है’ को लागि स्क्रिप्ट लेख्ने क्रममा फराहले अधुनालाई भेटेका थिए । र २००० मा उनीहरुले विवाह गरे । दुई छोरीलाई जन्म पनि दिए । तर अहिले भने उनीहरु अलग भइसकेका छन् ।

अभिषेक बच्चन–ऐश्वर्या राय : अभिषेकले पनि आफूभन्दा २ वर्ष जेठी ऐश्वर्यासँग विवाह गरेका हुन् । २००७ मा विवाह गरेका उनीहरुले एक छोरी जन्माएका छन् ।

करण सिंह ग्रोवर–विपाशा वशु : विपाशा पनि आफ्ना श्रीमान भन्दा तीन वर्ष जेठी छन् । २०१५ मा अभिनयकै शिलशिलामा भेटेका उनीहरुले २०१६ मा विवाह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.