तस्बिरमा गुठी विधेयक विरुद्धको प्रदर्शन

तस्बिरमा गुठी विधेयक विरुद्धको प्रदर्शन

ललितपुर : ‘गुठी विधेयक’को विरोधमा बिहीबार ललितपुरमा विशाल प्रदर्शन भएको छ। नेपाल गुठी संरक्षण संघसंस्थाको अगुवाइमा भएको विरोध कार्यक्रममा सयौंको संख्यामा सर्वसाधारण उपस्थित थिए। 

पाटन दरबार स्क्वारमा भएको प्रदर्शनमा उपस्थित गुठी पुचका सदस्य बागेश्वोर राजोपाध्यायले सरकारले ०३३ सालदेखि नै मोहीयानी हक दिने भनेर विधेयक पास गरेपछि लाखौं रोपनी जग्गा मासिएको बताए। 

नेवार समुदायले भगवानको नाममा चढाएको जग्गामा मोहीयानी हक लगाएर मासेको र भुमाफिया विधेयक स्वीकार्य नभएको उनको भनाइ छ। कार्यक्रम संयोजक रविन्द्र ताम्राकारले विधेयक कुनै पनी हालतमा पास हुन नदिने बताए।

उपत्यकाको संस्कृति विरोधी, जनता विरोधी विधेयक भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनीहरुको माग छ। गुठी सम्बन्धी ऐनको आवश्यकता नै भएमा सन्बन्धित सरोकारवालासँग छलफल र अध्ययन गरेर मात्र नयाँ गुठी बिधेयक ल्याउनु पर्ने उनीहरुको माग छ। 

‘सम्पूर्ण गुठीयार एक हौँ’, ‘गुठी हाम्रो प्राण हो’, ‘सम्पदा मास्न पाइदैन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। गुठी विधेयक विरोधमा उत्रिएकाले भूमीसुधार मन्त्रीको राजीनामासमेत माग गरेका छन्।  तस्बिर : सुनिता डंगोल​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.