महासंघ –फेडेक सहमति

महासंघ –फेडेक सहमति

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच लगानी र व्यावसायिक सम्बन्ध विस्तारका क्षेत्रमा सहमति भएको छ। पेरिसमा आयोजित एक कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल र फ्रान्सबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले यस्तो सहमति भएको हो।

सहमतिपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेसनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका छन्। महासंघ र मेडेफबीच यसअघि पनि सहयोग एवं सहकार्य हुँदै आएको छ। आपसी सहमतीमा, एकअर्का देशमा व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनारलगायत कार्यक्रम आयोजना गर्ने तय भएको छ।

यस्तै प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यावसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदानप्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीतिनियम आदानप्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसर जुटाउने, व्यापारिकसम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने सहमतिमा उल्लेख छ।

फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताको समेत बाक्लो उपस्थिति रहेको उच्चस्तरीय व्यावसायिक भेटवार्ता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले फ्रान्सेली लगानीकर्तालाई नेपालमा आएर लगानी गर्न आग्रह गरे।

महासंघका अध्यक्ष राणाले महासंघ र मेडेफबीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल र फ्रान्सबीचको आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए। नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रूपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमति कोसेढुंगा हुने दाबी गर्दै अध्यक्ष राणाले सहमतिपत्रमा उल्लेख गरिएका दफालाई अक्षरस कार्यान्वयन गर्न महासंघको प्रतिबद्धता जनाइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.