कमाइको साधन सुपर क्यारी

कमाइको साधन सुपर क्यारी

काठमाडौं : काममा सुलभता ल्याउन ढुवानीको साधनको महत्त्व बढिरहेको छ। लामो दुरीमा सामान ओसारपोसार गर्न ट्रक तथा टिपर प्रयोग गरिन्छ। तर, सहरको भीडभाड तथा साघुरो बाटोमा यी सवारीसाधनले ट्राफिक जाम हुन्छ। यसलाई ध्यानमा राखेर विभिन्न मोटर कम्पनीले पिकअप मोडलमा उपयुक्त गाडी उत्पादन गरिरहेका छन्।

आकारमा ट्रकभन्दा सानो भए पनि त्यस्ता गाडीले भारी सामान बोक्नुका साथै सहरका गल्लीमा छिरेर सामान ओसारपोसार गरिरहेका छन्। आठ मिटरभन्दा साँघुरो सडकमा साच्चीकै यो गाडीको महत्त्व छुट्टै छ। त्यतिमात्रै नभई कच्ची बाटोमा समेत यसको उपयोगिता छ।

एक वर्ष अगाडि सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्विलर्स नेपालले सुजुकी सुपर क्यारी पिकअप नेपाली बजारमा गाडी भित्त्याएको थियो। एक वर्षमा गाडीको कारोबार सन्तोषजनक रहेको कम्पनीका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्य बताउँछन्। यो प्रगतिलाई ख्यालमा राख्दै बजारमा अझ ‘एग्रेसिभ’ बन्न खोजेको उनको भनाइ छ।

आठ सय सीसीको सानो कमर्सियल भेहिकलको रुपमा टाटाको छोटा हात्तीकै रेन्जको गाडी हो यो। मारुती सुजुकीले भारतमा पहिलोपटक सानो कमर्सियल भेहिकल रेन्जमा ल्याएको गाडी हो।

कमाइ पनि बचत पनि

यसको मूख्य विशेषता पर्फर्मेन्समा रहेको कम्पनीको दाबी छ। ८ सय सीसीकै भए पनि यसमा टर्बाे इन्जिन जडान गरिएको छ। टर्बाे इन्जिन भन्नेबित्तिकै यसमा पावर अत्यधिक रहेको स्पष्ट छ। करिब ३३ पीएस पावर आफैंमा शक्तिशाली मानिन्छ। यति हुँदा हुँदै माइलेजमा कुनै कमी नरहेको शाक्य बताउँछन्। उनी भन्छन्, ‘२२.०७ प्रतिलिटर माइलेज वास्तवमै अमेजिङ विशेषता हो। पावरका साथै माइलेज यस्ता गाडीमा बिरलै भेटिन्छ।’

सामान ओसारपोसार गरेर कमाइ गर्न खोज्नेलाई यो भन्दा उपयुक्त गाडी सायदै पाइने उनको भनाइ छ। उनी भन्छन्, ‘व्यवसाय पनि माइलेज पनि, अरु के चाहियो ? माइलेजले चालु खर्च जोगिने भइहाल्यो।’

ठूलो डेस्क स्पेस

गाडीको अर्काे खासियत भनेकै डेस्क स्पेस हो। अरु गाडीको तुलनामा यो ठूलो छ। ३.२५ स्क्वायर मिटर। ३.०४ स्क्वायर मिटरभन्दा बढी नपाइने उनको दाबी छ। यसको अर्थ गाडीमा सामान धेरै अट्ने भयो। उनी भन्छन्, ‘तपाईं आफैं भन्नुस्, सामान धेरै अट्ने भएसी कमाई धेरै भइहाल्छ नि।’

भोल्युमका साथै यसको भार क्षमता मापदण्ड अनुसार नै सात सय ४० किलो रहेको कम्पनीले जानकारी दिएको छ।

उकालो चढ्ने क्षमता

अटोको दुनियाँमा कहिलेकाही प्रयोग हुने शब्द हो, ‘ग्रेडिबिलिटी’। सरलरूपमा भन्दा यो गाडीको उकालो चढ्ने क्षमता हो। नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा पहाडी भेगको बाटोमा मालवाहक गाडी सान्दर्भिक विषय हो।

कम्पनीका मार्केटिङ म्यानेजर शाक्यका अनुसार यसको ग्रेडिबिलिटी उपयुक्त छ। ३४ प्रतिशत यसको ग्रेडिबिलिटी रहेको उनले जानकारी दिए। अन्य गाडीको उकालो चढ्ने क्षमता २१ प्रतिशतसम्मको हुने गर्छ।

विश्वसनीयता

कम्पनीले आफ्नो स्लोगनमा लेखेको छ, ‘भरोसा भनेकै सुजुकी हो।’

कम्पनीले दाबी गरेको विशेषताको विश्वसनीयता के छ त ? शाक्य भन्छन्, ‘भारतमा गाडीको फिजिबिलिटी प्रमाणित गर्ने निकाय छ। अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया–एआरएआईले यसलाई प्रमाणित गरेको छ। यो भारत सरकारको मिनिस्ट्री अफ हेभी इन्डस्ट्रिज एन्ड पब्लिक इन्टरप्राइजेजसँग जोडिएको छ।’ गाडीले आफ्नो स्फेसिफिकेसनलाई प्रमाणित गर्ने निकाय हो, एआरएआई।

ब्रेकिङ

हलुका गाडी छ, मालवाहक पनि हो। यस्तो गाडीको लोड पछाडि व्यापक हुन्छ। यसमा लार्ज साइज प्रेस ब्रेक (एलएसपीबी) राखिएको छ। गाडीको पछाडिको लोड कत्तिको छ, अटोमेटिक कति ब्रेक हान्नुपर्ने हो देखाउँछ। यो जति सरल छ, त्यति महत्त्वपूर्ण छ।

मोडमा सजिलो

सानो गाडी भएकाले सहरका गल्लीमा जानसक्ने यो गाडीलाई विभिन्न घुम्ती चुनौती हो। यसको टर्निङ रेडियस कम छ, ४.३ मिटर डायमिटर। गल्लीमा टर्न लिन यो अति उपयोगी क्षमता हो।

चालकलाई आरामदायी क्याबिन

गाडीको धेरै चर्चा गरिरहँदा यो गाडीमा खास विशेषता चालकको क्याबिन पनि हो। सुजुकीले सधैं चालक केन्द्रित गाडी बनाउने गरेको शाक्य बताउँछन्। ‘हाम्रो लागि चालकको कम्फर्ट पनि महत्त्व राख्छ। त्यत्रो गाडीको पैसा तिरेपछि कम्फर्ट खोज्नु स्वाभाविक पनि हो। अरु गाडीमा जस्तै क्यारीमा पनि यसको प्रयोग भएको हो’, उनले भने, ‘जसले यो गाडी किन्यो, उसले कमाउने मात्रै हो, आनन्द पनि उत्तिकै पाउँछ।’ पछिल्लो समय ग्राहकले पनि यसको कम्फर्टको प्रशंसा गरिरहेको उनले बताए।

सिटको तल हुने इन्जिनलाई ताप प्रतिरोधात्मक वस्तुले ढाकिएको छ। यसले इन्जिनको तापलाई क्याबिनमा फैलनबाट जोगाउँछ।

अफरको आकर्षण

सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बिमा तथा २० हजार रुपैयाँको नगद छुट पनि प्रदान गरेको छ।

कम्पनीले दुई वर्ष र ३०००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ। कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ। जसअन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्युल अनुसार पर्छन्।

बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रुपैयाँ छ। कम्पनीका अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो। यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ।

७९३ सीसीको ट्विन सिलिन्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन छ। यसको ३२.६३ बीएचपीको ३५०० आरपीएम तथा २००० आरपीएमको अधिकतम ७५ एनएमको टर्क विद्यमान छ।

यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्छ। ८० किलोमिटर प्रतिघण्टाको दुरी तय गर्ने कम्पनीको दाबी छ। सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ क्षेत्र छ भने, ७४० किलोसम्मको भारवहन क्षमता छ। १६० एमएमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्विलबेस तथा ४.३ मिटर, टर्निङ रेडियस छ।

लाइट स्ट्रिमिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल असिस्ट ग्रिप, मल्टी पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधा यसमा छन्। १२ इन्चको ह्विल्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङका लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषता हुन्।

सुजुकी सुपर क्यारी लाइट कमर्सियल भेहिकल हो। सुपर क्यारीमा ई ०८, ७९३ टू सिलिन्डर डिजेल इन्जिन लगाइएको छ। यसले ३५ सय आरपीएममा ३२.६३ पीएस पावरका साथै २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पादन गर्छ। यसमा पाँच स्पिड म्यानुअल ट्रान्समिसन लगाइएको छ।

यस्तै, यसमा उपलब्ध जी १२ बी १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ। जसले ७३.४२ पीएस पावरका साथै १०१ एनएम टर्क उत्पादन गर्छ।

१ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स सहितको सुपर क्यारीको पछिल्लो भागमा लिफ स्प्रिङ्ससहितको रिजिड एक्सल सस्पेन्सनको व्यवस्था गरिएको छ। गाडीको ह्विल बेस ४ दशमलव ३ मिटर्समा दुई हजार १ सय १० एमएम छ। कम्पनीका अनुसार गाडीको टर्निङ र्‍याडियस ह्याचब्याक सँग मिल्दोजुल्दो छ। एलसीभी, सुपर क्यारीमा कम्पनीले लाइट स्टेरिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल एसिस्ट ग्रिप, मल्टी पर्पोज स्टोरेज स्पेस, लक गर्न मिल्ने ग्लोभ बक्स र बोटल होल्डरलगायत सबै आधारभूत फिचर्स समाहित गरेको छ।

१२ इन्चको पांग्रासहितको सुपर क्यारीमा लोड सेन्सिङ प्रोप्रसनिङ भल्भ –(एलएसपीभी) ब्रेकिङ प्रणाली जडान गरिएको छ। यसले फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक्स लगाउँदा सवारीलाई नियन्त्रित राख्न सहयोग पुर्‍याउँछ। कम्पनीले गाडीको खरिदमा उपभोक्तालाई २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध गराउने जनाएको छ।

‘भारतमा सुपर क्यारीको विकास तथा निर्माण गरिएको हो’, शाक्यले भने ‘उपभोक्ताको फाइदा तथा आवश्यकतालाई दृष्टिगत गर्दै सवारीको डिजाइनमा गहन अध्ययन तथा विशेष ध्यान दिइएको छ।’ सुपर क्यारीले अधिकतम भारवहन क्षमता अत्यधिक शक्तिका साथै उत्कृष्ट माइलेजसमेत प्रदान गर्ने चौधरीले बताए। ‘न्यूनतम मर्मत खर्च तथा सस्तो मूल्यमै उपलब्ध हुने स्पेयर पार्ट्सले गर्दा यो गाडीको माध्यमबाट हाम्रा उपभोक्ताले अत्यधिक फाइदा उठाउन सक्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने।

यसको ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम छ। यसका अलावा नयाँ एलसीभी, सुपर क्यारीमा कम्पनीले लाइट स्टेरिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल एसिस्ट ग्रिप, मल्टी पर्पोज स्टोरेज स्पेस, लक गर्न मिल्ने ग्लोभ बक्स र बोटल होल्डरलगायत आधारभूत फिचर्स समाबेस गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.