राजदूत सिफारिस विवादमा

राजदूत सिफारिस विवादमा

काठमाडौं : सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको छ। दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको हो। आफैंले तयार गरेको ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका’ बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो।

यसअघि तत्कालीन माओवादी नेता राम कार्कीलाई सरकारले भारतका लागि राजदूत नियुक्ति गरेको थियो। तर उनी पत्नी भारतमै सरकारी सेवामा कार्यरत रहेका कारण कार्कीको सहमति (एग्रिमो) आएको थिएन। कूटनीतिमा स्वार्थको टकराव हुने अवस्थामा नियुक्ति नहुने अभ्यास छ। तर सरकारले ती अभ्यास र आफ्नै निर्देशिकाको बेवास्ता गर्दै दाहाललाई सिफारिस गरेको हो।

दाहालकी पत्नी प्रभा अमेरिकामै स्थायी बसोबास गर्दै आएकी छन्। अमेरिकास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दाहालको अमेरिका आउजाउ र पत्नी प्रभाको अवस्थाबारे पूर्ण जानकारी दिएको छ। दाहालले आरम्भमा अमेरिकाकै राजदूतमा नियुक्तिकाा लागि प्रयास गरेका थिए। त्यसमा असफल भएपछि उनले अस्ट्रेलियाका लागि सिफारिस प्राप्त गरेको परराष्ट्र अधिकारी बताउँछन्।

सिफारिसमा परेका दाहालले पत्नी अमेरिकामा पाँच वर्षदेखि कार्यरत रहेको स्वीकार गरे। ‘मेरी पत्नी अमेरिकाको भर्जिनियामा कार्यरत छिन्। उनी नर्स भएकाले त्यहाँ केही समयदेखि काम गरिरहेकी हुन्,’ उनको दाबी छ, ‘उनको वर्कपर्मिट छ। ग्रिनकार्ड (स्थायी बसोबास अनुमति) छैन।’

अस्ट्रेलियामा राजदूत सिफारिस दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा

जेसिसमा काम गरिसकेका दाहालले आपूm राजदूत नियुक्तिका लागि योग्य भएको जिकिर पनि गरे। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको समितिमा रहेर काम गरेको र विश्व सम्बन्ध परिषद्मा पनि आजीवन सदस्य रहेको उनको भनाइ छ। कांग्रेस नेता उदयशमशेर राणा अध्यक्ष भएका बेला तरुण दलका केन्द्रीय सदस्यसमेत रहिसकेका दाहालले अन्नपूर्णसित भने, ‘कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको छु।’

दाहालकी पत्नी अमेरिकामा बसोबास गर्ने भएका कारण उनको नियुक्तिले स्वार्थ बाझिन सक्ने परराष्ट्र अधिकारीले नै जनाएका छन। उनको नाम एकाएक राजदूतमा आएपछि मन्त्रालयले नै अलमलमा परेको छ। राजदूत नियुक्ति प्रक्रिया परराष्ट्र मन्त्रालयले अघि बढाउने भनिए पनि सीधै मन्त्रिपरिषद्मा नाम आएको र त्यस्तो नियुक्तिबारे बहस सुरु भएको हो।

सरकारले कतारका लागि डा. नारदनाथ भारद्वाज, अस्टे«लियाका लागि दाहाल, बंगलादेशका लागि डा. वंशीधर मि श्र र स्पेनका लागि दावा फुटी शेर्पा राजदूतमा सिफारिस गरेको छ। भारद्वाज प्राध्यापन सेवाबाट निवृत्त हुन् भने मि श्र पूर्व स्वास्थ्य राज्यमन्त्री हुन्। शेर्पा अमेरिकामा अध्ययन गरेर राष्ट्र संघमा जागिर खाएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.