विश्वकपमा पहिलो शतक बनाउने डेनिस

विश्वकपमा पहिलो शतक बनाउने डेनिस

पहिलो विश्वकपमा सहभागिता जनाउनु खेलाडीको लागि ठूलो कुरा हो। अझ सहभागिताको पहिलो खेलमै शतक हानेर कीर्तिमान बनाउनु अर्को सफलता हो। आईसीसी एकदिवसीय विश्वकपको १२औं संस्करण इङ्ल्यान्डमा जारी छ। विश्वकपमा शतक बनाउनेको चर्चा पनि उत्तिकै छ। तर, पहिलो विश्वकपमा पहिलो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान इङ्ल्यान्डका डेनिस एमिसको नाममा छ। 

सन् १९७५ मा घरेलु मैदानमा भएको विश्वकपको पहिलो संस्करणमै डेनिसले पहिलो शतक प्रहार गरेका थिए। डेनिसले समूहगत चरणको भारतविरुद्धको खेलमा एक सय ३७ रन बनाएका थिए। एक सय ४७ बलमा उक्त रन बनाएको डेनिसले १८ चौका पनि प्रहार गरेका थिए।

 उक्त खेलमा इङ्ल्यान्डले भारतलाई दुई सय दुई रनले हराएको थियो। त्यतिबेला पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ६० ओभरमा चार विकेटको क्षतिमा तीन सय ३४ रन बनाएको थियो। भारतले भने ६० ओभरमा तीन विकेट गुमाएर एक सय ३२ रनमात्र बनाउन सकेको थियो। 

पहिलो शतक हानेका डेनिस हाल ७६ वर्षका भए। पहिलो विश्वकपमा कुल पाँचवटा शतक बनेको थियो। उक्त विश्वकपमा न्युजिल्यान्डका ग्लेन टर्नरले दुईवटा शतक बनाएका थिए। इङ्ल्यान्डका केथ फ्लेचर र अस्ट्रेलियाका एलन टर्नरले पनि एक÷एक शतक प्रहार गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.