नगरमै जीर्ण झोलुंगेपुल

नगरमै जीर्ण झोलुंगेपुल

स्याङ्जा : पुतलीबजार नगरपालिका–३ मजुवाको झोलुंगे पुल जीर्ण बनेको छ। सिद्धार्थ राजमार्गसँग जोडिएको उक्त पुलका लठ्ठा र तार कमजोर बन्दै गएका छन्। फलामे तारका बार झरेर पातलिएका छन्। पातलो बारका कारण पुल वारपार गर्नसमेत जोखिम छ। एक पटकमा ८/१० जनाभन्दा बढी आवतजावत गर्न मिल्दैन।

दुई दशक पुरानो झोलुंगे पुलका फलामे तारबारमा खिया लागेको छ। जीर्ण पुल नजिकका विद्यालय र समुदायले मर्मत गर्दै उपयोग गर्दै आएका छन्। दिनहुँ सयौं व्यक्ति वारपार गर्ने उक्त पुल निर्माणबारे सम्बन्धित निकायले ध्यान नदिँदा कुनै पनि बेला दुर्घटना हुने स्थानीय कृष्ण शर्माले बताए।

उनले भने, ‘केही वर्षपहिले स्थानीय र विद्यालयको पहलमा सामान्य मर्मत गरियो। तर, पुलको अवस्था ज्यादै नाजुक र कमजोर बनेको छ।’ कार्यालय, अस्पताल, पुरानो व्यापारिक केन्द्र, विद्यालय समेतको प्रवेशद्वार मजुवा पुल जीर्ण बनेको छ। ‘नयाँ पुल निर्माण गर्न पटक–पटक माटो र प्राविधिक परीक्षण भए’, वडाध्यक्ष अमृतप्रसाद श्रेष्ठले भने, ‘पहुँच नपुग्दा पुल निर्माण हुन सकेन। यहाँ पुल निर्माण अत्यन्त आवश्यक छ।’

सिद्धार्थ राजमार्गसँग जोडिएको उक्त पुलका लठ्ठा र तार कमजोर बन्दै गएका छन्।

सिद्धार्थ राजमार्गलाई छोएर बनाइएको सो पुल बाडखोला वारपार गर्ने एक मात्र माध्यम हो। पुतलीखेत, कुमालगाउँवासीको सदरमुकाम आउने जाने नियमित बाटो पनि सोही पुल हो। काजीमान हरिटीका मावि र भूतपूर्व आवासीय मावि २ वटा माध्यमिक विद्यालयमा अध्ययनरत झन्डै २ हजार विद्यार्थी उक्त पुलबाटै दैनिक आवतजावत गर्छन्।

पुतलीबजार नगरपालिका–३ स्थित आधा दर्जन सरकारी कार्यालय जिल्ला अस्पताल, डिभिजन सिँचाइ, खानेपानी, आयुर्वेदिक अस्पताल, तथ्यांक कार्यालय, सैनिक ब्यारेकका कर्मचारी र सेवाग्राही पनि सोही पुलमार्फत ओहोरदोहोर गर्छन्। कुमाल गाउँ, गुणीखोला, बाडखोला, भाइटारी, कालीमाटी, गोदगोदे, लामागेलगायत गाउँमा जान–आउन पनि सोही पुल प्रयोग गरिन्छ।

व्यस्त पुलको प्राविधिक परीक्षण गरी मोटरेबल पुल निर्माण गर्नुपर्ने भूतपूर्व सैनिक आवासीयक माविका अध्यक्ष सुवेदार किसनमान श्रेष्ठले बताए।

मुख्य बजारबाट बाडखोला तरेर धेरै गाउँले हिँडेको देखेपछि गोर्खा वेलफेयर स्किमले सन् २००२ मा सो पुल निर्माण गरेको हो। पुल निर्माणपछि बस्ती बढ्नुका साथैे कार्यालय र विद्यालय पनि स्थापना भएका छन््। छिट्टै माटरेबल पुल निर्माण गरी हजारौं उपयोगकर्तालाई सहज सुविधा दिन स्थानीयको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.