सामान छुटाइदिने भन्दै 'बार्गेनिङ' गर्ने प्रहरी हवलदारसहित तीन पक्राउ

सामान छुटाइदिने भन्दै 'बार्गेनिङ' गर्ने प्रहरी हवलदारसहित तीन पक्राउ

सिरहा : सिरहा नगरपालिका ७ स्थित ट्राफिक चौकबाट भन्सार छलेर ल्याएको सामान छुटाइदिने 'बार्गेनिङ' गरिरहेको अवस्थामा डयुटीमा खटिएका प्रहरी हवलदार अशोककुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

उनीसँगै प्रहरीले भारतीय बजार जयनगरबाट भन्सार छली गरी सामान ल्याइरहेका गोलबजार नगरपालिका ४ की रंजीता साह र विष्णपुर गाउँपालिका ३ का शिवशंकर साहलाई समेत पक्राउ गरिएको छ।

ज१ज ४०२ नम्बरको म्याजिक गाडीमा ३२ सय रुपैयाँ बराबरको साइकलका पार्ट्स लिएर साह‍द्वय भारतीय बजारबाट आइरहेको थिए। गाडीलाई रोकेर चेकजाँचको क्रममा प्रहरी हबलदार यादवले भन्सार छलेर सामान ल्याएको भन्दै गाडी चालक शिवशंकरसँग सय÷पचास रुपैयाँ दिए मात्रै सामान छाड्ने 'बार्गेनिङ' गरिरहेको समयममा प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डीएसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका तीनमध्ये सामानसहित रंजितालाई भन्सार कार्यालय माडरमा बुझाइएको छ।

प्रहरी हबल्दार यादवलाई आन्तरिक कारवाही अगाडी बढाइएको उनले जानकारी गराए। गाडी चालक शिवशंकरलाई जिल्ला प्रशासन कार्यालयबाट पैसा लेनदेनमा बार्गेनिङ गरेको भन्दै सार्वजानिक अपराध मुद्दामा ४ दिनको म्याद थप गरी कारवाही चलाइएको डीएसपी बोहराले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.