दाङमा सहायक वन अधिकृत घुस सहित पक्राउ
दाङ : दाङमा सहायक वन अधिकृत २० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
सव डिभिजन वन कार्यालय बेला देउखुरी दाङमा कार्यरत सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले रङ्गेहात पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस लिँदै गर्दा लमही बजारको एक जुस पसलबाट सहायक वन अधिकृत साह पक्राउ परेका हन् । सामुदायिक वन दर्ता सिफारिस गरिदिए वापत घुस रकम लिने क्रममा पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ । साहलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरले नियन्त्रणमा राखेको छ ।