‘आर्थिक वृद्विदर हासिल हुनेगरी मौद्रिक नीति आउँछ’
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले आर्थिक वृद्विदर हुने गरी मौद्रिक नीति ल्याइने बताएका छन् । बजेट कार्यान्वयनमा सहयोग पुग्ने तथा आर्थिक वृद्विदर लक्ष्य हासिल हुनेगरी मौद्रिक नीति आउने उनको भनाइ छ ।
नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै डा. नेपालले मौद्रिक नीतिमार्फत बैंकिङ सिस्टम अझै व्यवस्थित गरिने बताए । ‘मौद्रिक नीति ल्याउँदा सोचेर, बिचार गरेर ल्याउने छौँ, उनले भने । मौद्रिक नीतिका लागि मागिएको सुझावमा आ–आफना स्वार्थ अनुसारको सुझाव आएको बताउँदै डा. नेपालले भने, ‘कुन विषयमा प्राथमिकता दिने भन्ने हामीलाई राम्रोसँग ज्ञान छ ।’