दाङमा सिमेन्ट उद्योगमा काम गरिरहेका ३ मजदुरको मृत्यु

दाङमा सिमेन्ट उद्योगमा काम गरिरहेका ३ मजदुरको मृत्यु

दाङ : दाङमा सिमेन्ट उद्योगमा कामगर्ने तीन जना मजदुरको मृत्यु भएको छ । सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ढलाइ भत्किँदा तीनजना मजदुरको मृत्यु भएको दाङ प्रहरी जनाएको छ । 

लमही नगरपालिका-७ मा रहेको सम्राट सिमेन्ट उद्योगको क्षमता विकासका लागि निर्माण गर्न लागिएको पूर्वाधारको  छैटौँ तलाको सट्रिङ्ग भत्किँदा भारतीय मजदुरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए। मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन ।

अन्य तीन मजदुर घाइते भएका छन् । अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका हुन् । प्रहरीकाअनुसार घटना शनिबार बिहान २ बजे भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । दुई वर्षअघि बाट सञ्चालनमा आएको सिमेन्ट उद्योगले उत्पादनको क्षमता बढाउने गरी पूर्वाधार निर्माण गरिरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.