आमाजस्तै सिरानी

आमाजस्तै सिरानी

काठमाडौं : जब कहीँ कतै सिरानी लडिरहेको देख्छन्, उनलाई आफ्नी स्वर्गीय आमाको याद आउँछ। आमाको काखजस्तै न्यानो लाग्छ सिरानीसँगको सामीप्य। आर्टले कुनै विचार बोकेको हुनुपर्छ भन्ने कलाकार मनिषलाल श्रेष्ठ आफ्नो सिरानीप्रेम सुनाउँदै थिए। भन्छन्, ‘मान्छे अत्यन्तै खुसी भयो भने दौडेर कोठामा पुग्छ। सिरानी अँगालो हालेर खित्खिताउँछ। एक्लै हाँस्छ। सिरानीसँगै रमाउँछ।

 सिरानी कहिले काखमा बोक्छ त कहिले सिरानीमाथि नै बेपरवाह पल्टन्छ।’ मान्छे दुःखी भएको पलमा पनि सिरानी च्यापेर रुन्छ। अन्य मान्छेका अगाडि डाँको छोडेर रुन नसकेको मानिस सिरानी समातेर हिक्क हिक्क रुन्छ। सिरानी मानिसको हरेक पलको साक्षी हुन्छ। यसले दुःखमा साथ दिन्छ, सुखमा पनि साक्षी बनिदिन्छ। श्रेष्ठले सिरानीको गुणको चर्चा मात्रै गरेनन्, मानिस र सिरानीबीचको सम्बन्ध पनि व्याख्या गरे।

गत शुक्रबारदेखि ठमेलको दलाइला बुटिकको आर्ट ग्यालरीमा उनको १९औं एकल आर्ट प्रदर्शनी सुरु भएको छ। सिरानी सिरिज–२ शीर्षकको इन्स्टलेसन आर्ट सोमा उनले निकै मेहनत गरेका छन्। एकातिर एक सय आठवटा ससाना सिरानी भित्तामा झुण्ड्याइएको छ। सिरानीमा सुनौलो कलर पोतिएको छ। विभिन्न ठाउँका मानिसको फोटो प्रिन्ट गरेर उतारिएको छ। यसले देशका अनगिन्ती जातजाति, धर्म समुदाय मान्ने मानिसको प्रतिनिधित्व गर्छन्। लहरै राखिएका ससाना सिरानीमा समग्र देश अटाएको छ। उनी भन्छन्, ‘अनेक मानिसको फरकपनले देशको सुन्दरता झल्काउँछ।’

अर्कोतिर उस्तै रङमा ठूलाठूला सिरानी निर्माण गरिएको छ। सिरानीमा बांगाटिंगा रेखा कोरिएको छ। यी बांगा धर्कालाई उनले मानिसको जीवनसँग जोडेका छन्। निकै सुन्दर आकृतिका यी रेखा कलात्मक देखिन्छन्। कुनैमा रातो रङले पेन्ट गरिएको छ त कुनैमा नीलो, हरियो, आकासे। यी फरक रङले मान्छेको जीवनमा आइपर्ने अनेक घटनाको संकेत गर्छ।

श्रेष्ठका अनुसार मानिसको जीवन बांगा धर्काजस्तै हुन्छ। जीवनको घुम्तीमा कहिले उकाली आउँछ, कहिले ओराली, कहिले सुखको पहाड चढ्दै हुन्छ त मानिस कहिले दुःखको खाडलमा डुब्दै गरेको हुन्छ। जिन्दगीका आरोह अवरोहका धर्कालाई उनले बांगाटिंगा आकारमा समेटेका छन्। उनी भन्छन्, ‘घुमाउरा धर्काहरू मानिस जीवित छ भन्ने संकेत पनि हो।’ किन त ? ‘निकै भावुक बन्दै भन्छन्, ‘अस्पतालमा मृत्युसँग जुधिरहेको मानिसको सासको गति पनि कम्युटरमा तलमाथि गर्दै दौडिरहेको हुन्छ। जबसम्म ती रेखा तलमाथि गर्छन् तबसम्म जीवित हुन्छ मान्छे। जब गति सीधा लाइनमा देखिन थाल्छ, उसको मुटुको धड्कन पनि रोकियो भन्ने संकेत गर्छ।’

मनिसले आर्टलाई विभिन्न तरिकाले प्रयोग गर्ने गर्छन्। थिम बोकेको कलाले मन छुन्छ। उनी कहिले ऊनीको घागो प्रयोग गरेर आर्ट तयार पार्छन् त कहिले काठलाई जीवनसँग जोड्छन्। १९आंै प्रदर्शनीसम्म आइपुग्दा सुनौलो रङ र सिरानी विषय बनाएका छन्। हरेक प्रदर्शनीमा फरक सिर्जनासहित उपस्थित हुने श्रेष्ठ आर्टलाई पेन्टिङ मात्रै हो भनेर बुझ्न नहुने तर्क गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.