उदयपुरमा चट्याङले १७ लाखको क्षति

उदयपुरमा चट्याङले १७ लाखको क्षति

उदयपुर : उदयपुरमा चट्याङले लागेर १७ लाख बढिको क्षति भएको छ। शनिबार बिहान ४ बजे वर्षातसँगै परेको चट्याङ लागेर बेलका नगरपालिका २ त्रिवेणीटोलका चार घरपरिवारमा क्षति पुगेको हो । 

चट्याङले मानविय क्षति नभएपनि पशुचौपायहमा भने ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

चट्याङले सबैभन्दा बढि जोगेन्द्र उराउ घरमा क्षति पुगेको छ । उनको काठको घर, अन्नपात, भाँडावर्तन, ५ वटा हाँस, १५ वटा कुखुरा गरेर  १० लाख रुपैयाँको क्षति भएको एसपी मगरले बताए । 

त्यसैगरी मानबहादुर कार्कीको घर र सामान गरी ५ लाख, मनकुमार राईको भैसी १, राँगा १ र अन्य गरी १ लाख ९० हजार र दिपा राईको सोलार प्यानल जलेर नष्ट भएको मगरले बताए । बिहानपख सुतिरहेको अवस्थामा एक्कासी चट्याङले घर, गोठमा हान्दा पूर्णरुपले जलेर नष्ट भएको हो । 

घरमा आगलागी हुनसाथ सपरिवार बाहिर निस्किएर ज्यान जोगाउन सफल भएको पीडितहरुले बताएका छन् । पीडित परिवारलाई बेलका नगरपालिकाले तत्काल राहत उपलब्ध गराएको छ । नगरपालिकाका मेयर दुर्गाकुमार थापालगायतको टोली बिहानै घटनास्थलमा पुगि घर, ग्वाली, चौपाए गुमाएका पीडित परिवारको जानकारी लिँदै खाद्यान्न लगायतका राहतका सामग्री उपलब्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.