काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शिखर चिमौरिया

काभ्रे : धुलिखेल–११ डाँडागाउँस्थित विपी राजमाार्गमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गुडिरहेको लोड टिपर आफैँ अनियन्त्रित भइ सडकबाट सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

गिरीका अनुसार धुलिखेल नगरपालिका–११ सिमलबोटस्थित भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा २ ख ४६७५ नम्बरको टिपर अनियन्त्रित भइ सडकबाट सय मिटर तल खसेको थियो ।

शनिबार बिहानको दुर्घटनामा टिपरका चालक गोरखा गण्डक गाउँपालिकाका भूपेन्द्र रेग्मीको मृत्यु भएको हो । दुर्घटनामा च्यापिएर रहेको अवस्थामा उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल लैजाँदैगर्दा रेग्मीको मृत्यु भएको गिरीले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि डिएसपी गिरीले बताएका छन् । काभ्रेमा सडक दुर्घटना पछिल्लो समय बढिरहेको छ । यस सात मात्रै काभ्रेमा दुर्घटनाबाट ५ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.