घुमाउने बहानामा छोरीमाथि बलात्कार र अप्राकृति मैथुन गर्ने सानोबाबु पक्राउ

घुमाउने बहानामा छोरीमाथि बलात्कार र अप्राकृति मैथुन गर्ने सानोबाबु पक्राउ

ललितपुर : गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी १३ वर्षीया बालिका आफ्नै सानोबाबुबाट बारम्बार बलात्कृत भएको खुलेको छ।

 
गत शनिबार पनि सानोबाबुले गोदावरीको एक होटलमा अप्राकृतिक मैथुन गर्न लगाएपछि सानुबाबुको कर्तुत बाहिर आएको हो। काठमाडौं बाहिर घर भएकी बालिका विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्। 
 
उनका अभिभावक उपत्यका बाहिरै रहेको जानकारी प्रहरीले दिएको छ। त्यसैले उनका सानोबाबुले बालिकाको जिम्मा लिएर बेलाबेलामा घुमफिर गराउन लैजाने गरेको विद्यालयले जानकारी दिएको प्रहरीले जनाएको छ।  

बालिकाले गत शनिबारको घटना साथीलाई बताएकी थिइन्। उक्त कुरा विद्यालयका शिक्षकको कानमा पुगेको थियो। शिक्षकलाई पनि सानोबाबुको क्रियाकलापमा शंका लागेपछि बालिकासँग सोधपुछ गर्दा गोदावरीस्थित न्यु हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाइलगायत अन्य खानेकुरा खुवाई अप्राकृतिक मैथुन गर्न लगाएको बालिकाले बताएकी थिइन्। 

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार बालिकाले गत दसैं र चैत्र महिनामा पनि विभिन्न प्रलोभनमा जबरजस्ती बलात्कार गरेको बताएकी छन्। 

कसुरदार उनका सानीआमाका श्रीमान हुन्। उनी विभिन्न स्थान परिवर्तन गरेर लुक्दै आएका थिए। उनलाई प्रविधिको सहयोगमार्फत् घेराबन्दी गरेर जेठ ३० गते गोदावारीको किटिनी भन्ने ठाउँबाट पक्राउ गरिएको मिश्रले जानकारी दिए। 

पक्राउ गरेपछि उनले आरोप स्वीकार गरेका छन्। सात दिन म्याद थप गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा अभियुक्तमाथि अनुसन्धान सुरु भएको गौतमले बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.