ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिका–७ मोहनपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । शनिबार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको हो ।

स १ त ७९२ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते लु ४९ प ९१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ हनुमान चोक बस्ने २५ वर्षीय रामदयाल महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटर साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्याक्टरले गएराति ९ बजेपछि ठक्कर दिएको थियो । घाइते महतोको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए । घटनालगत्तै ट्याक्टर चालक फरार भएको र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.