मुस्ताङका विद्यार्थीलाई जलवायु सम्बन्धी सचेतना

मुस्ताङका विद्यार्थीलाई जलवायु सम्बन्धी सचेतना

जोमसोम : विश्वभर चुनौती बन्दै गरेको जलवायु परिवर्तनबारे हिमाली जिल्ला मुस्ताङमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । यसबारे जोमसोममा शुक्रबार एकदिने विविध सचेतनामूलक कार्यक्रम आयोजना भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित सचेतनामा जिल्लाका शैक्षिक सँस्थाहरुले सहभागिता जनाए । प्रतिष्ठानद्वारा आयोजित जलवायु सचेतनामा जिल्लाका शैक्षिक संस्थाहरुलाई जलवायु परिवर्तन सम्बन्धी आधारभुत जानकारी, पोष्टर प्रदर्शनी, अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ, बृत्तचित्र र अन्तर सम्वाद लगायत विषयमा सचेतना गराइएको जलवायु परिवर्तन अनुसन्धानकर्ता अग्नि ढकालले जानकारी दिए ।

अन्तर सम्वादमा सरोकारवालाले मुस्ताङमा जलवायु परिवर्तनले पु¥याएको असर सम्बन्धी प्रतिष्ठानलाई अवगत गराएको  अनुसन्धानकर्ता ढकालले बताए ।

मुस्ताङमा जलवायु परिवर्तनले जमिनको तापक्रम बृद्धि भइरहेको, परम्परागत खेतीले स्थान परिवर्तन गर्न थालेको, हिमालहरुको सौन्दर्य घट्दैगएको, लामखुट्टे लगायत जिवाणुहरु प्रवेश गरेको । असमान प्रकारको हिमपात हुने गरेको, खानेपानीका मुहानहरु सुक्दैगएको र हिमालतिर तापक्रम बढेर हिमताल फुट्ने जोखिम बढेको अनुभव प्रतिष्ठानलाई जानकारी गराइएको थियो ।

जलवायु सम्बन्धी जानकारी समेटिएको हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका ८ माध्यमिक विद्यालय सहभागी थिए । जसमध्ये जनहित मावि जोमसोम प्रथम, जनआर्दश मावि कोवाङ दोश्रो र ज्ञानोदयम मावि लेते तेश्रो भए ।

उनहरुलाई प्रतिष्ठानले क्रमशः १३ हजार, ११ हजार र ९ हजारसहित प्रमाणपत्रले पुरस्कृत ग¥यो । साथै सहभागी विद्यालयलाई जलवायु परिवर्तन सम्बन्धी पोस्टर, क्यालेन्डर र पुस्तक हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.