मिसनरी अस्पतालमा शिवसेना पस्यो

मिसनरी अस्पतालमा शिवसेना पस्यो

ललितपुर : शिवसेना नेपाल गोदावरी नगरपालिकास्थित आनन्द वन अस्पतालमा शनिबार छापामार शैलीमा पसेर कागजात कब्जा गरेको छ । बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोप शिवसेना नेपालका केन्द्रीय अभियन्ता मनोज सापकोटाले लगाए । नेपालका मौलिक रैथाने धर्मसंस्कृति बचाउने अभियानमा लागेकाले यस्ता गतिविधि बढ्न नदिने पनि उनले चेतावनी दिए ।

अस्पताल द लेप्रोसी मिसन नामको गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित छ । राजा महेन्द्रको पहलमा स्थापित अस्पतालमा दीनदुःखीलाई प्रलोभनमा पारेर धर्मप्रचार गरेको आरोप सापकोटाले लगाए । बिरामीका शड्ढयाबाट बाइबल निकालिएका थिए । 

‘कम्तीमा ३० बाइबल जलायौं’, उनले भने, ‘नेपालमा यस्ता गतिविधि हुन दिँदैनौं ।’ उनले कुनै रिसइबी वा वैरभावले यस्तो नगेको दाबी गरे । पाल्पा, रुकुम, रोल्पालगायत जिल्लाबाट पनि इसाई धर्मप्रचारको गुनासो आएको उनले बताए । बिहानबेलुका बिरामी र स्टाफलाई प्रार्थना गर्न लगाउने तथा बाइबल पढ्नैपर्ने नियम अस्पतालमा भएको आरोप पनि उनले लगाएका छन् ।

अस्पताल प्रशासनले आरोप सत्य नभएको बताएको छ । प्रशासन प्रमुख शेरबहादुर गुरुङले बिदाको दिन अकस्मात् प्रवेश गरेर स्टाफ र बिरामीलाई दुव्र्यवहार गरेको बताए । ‘को आएर यस्तो गरे हामीलाई जानकारी छैन’, उनले भने, ‘उनीहरूले केवल भ्रम फैलाएका छन् ।’ अस्पताल स्थापना हुँदा नै मिसिनरी क्रियाकलाप गर्ने भनेर जिल्ला प्रशासन कार्यालय तथा समाज कल्याणमा जानकारी गराइएको उनले बताए । डाक्टर र नर्सले बिहान प्रार्थना गरे पनि बिरामीलाई त्यसो नगराएको उनको भनाइ छ । उनले भने, ‘हामी धर्म परिवर्तन र धर्मप्रचारमा लागेका छैनौं ।’

कुष्ठप्रभावितको निःशुल्क उपचार गरिरहेको स्पतालले ४० रुपैयाँ शुल्कमा अन्य बिरामीको पनि उपचार गर्दै आएको उनले बताए । नेपाललगायत भारतका विभिन्न ठाउँबाट बिरामी उपचारका लागि आउने गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीले मुलुकी फौजदारी अपराध संहिताको दफा १५८ ले कसैले, कसैको धर्म परिवर्तन गराउन दुरुत्साहन गर्न नहुने तथा कुनै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नमिल्ने उल्लेख भएको बताए । ‘कसुर गरे ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ’, उनले भने, ‘अब छिटै अनुगमनमा जाने छौं ।’ अस्पताल प्रशासनले धर्मसम्बन्धी कुनै पनि सामग्री र बाइबल नराख्ने र भएका हटाउने बताएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.