विद्यालय बन्द गरेर यार्सा संकलनमा

विद्यालय बन्द गरेर यार्सा संकलनमा

दार्चुलाः शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटन गएपछि अपिहिमाल र व्यास गाउँपालिका विद्यालय एक महिनाका लागि बन्द भएका छन्। वर्षभरीको खर्च जोहो गर्न स्थानीयसँगै शिक्षक र विद्यार्थी पनि सार्या खोज्न पाटन छिरेका छन्।

अभिभावकहरुले बालबालिकालाई साथमा लिएपछि शिक्षक पनि विद्यालय बन्द गरेर दार्जुलाका विभिन्न पाटनमा एक महिनाका लागि यार्सा संकलन गर्न गएका हुन्। विद्यार्थी र शिक्षक दुवै नभएपछि एक महिनाका लागि विद्यालय बन्द गर्नुपरेको खण्डेवरी माविका शिक्षक मनदराज जोशीले बताए। दुई गाउँपालिकाका सामुदायीक विद्यालय जेठ १५ गतेदेखि पूर्ण रुपमा बन्द छन्।

यार्सागुम्बा संकलन, व्यवस्थापन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार यार्सागुम्बा संकलनमा १६ वर्ष मुनिका बालबालिका प्रयोग गर्न नपाइने उल्लेख छ। तर एक महिनामै वर्षभरीलाई पुग्ने आम्दानी हुने भएपछि निर्देशिका लत्याउँदै शिक्षकसमेत पाटन पसेका छन्।

विद्यालयमा कोही पनि विद्यार्थी उपस्थित नभएपछि विद्यालय बन्द गर्नुपरेको शिक्षक लक्ष्मण महताराले बताए। दार्चुलाको हिमाली क्षेत्रमा खाद्यान्न उत्पादन निकै कम भएकाले नगद आम्दानी हुने मुख्य स्रोत नै यार्सागुम्बा बनेको छ। हरेक वर्ष दुई महिनासम्मका लागि पुग्ने खाद्यान्न र लत्ताकपडासहित गाउँका सबै पाटन जाने गर्छन्। गाउँमा हेरचाह गर्ने मानिससमेत नहुँदा स्थानीयले भेडाच्याङग्रा पनि साथमै पाटनमा लगेका छन्।

यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमा सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले संयुक्त गस्ती गरिरहेका छन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र र कार्यालयमा कर्मचारी परिचालन गरेको संरक्षण क्षेत्रका सूचनाअधिकारी राजु घिमिरेले बताए। उनले भने ‘लोलु रोखापु क्षेत्रमा सशस्त्र प्रहरी र गेमस्काउटको गस्ती पठाएका छौं।’ क्षत्ति, धरमघर, काटै, चाइमटेला र सुर्मामा कर्मचारीसँगै प्रहरीले सुरक्षा व्यवस्थापन गरेका छन्।

दुर्घटना र चोरी शिकारीको समस्या न्यूनिकरण गर्न सशस्त्र प्रहरीबाट दुई हप्ताका लागि सबै क्षेत्रमा गरी ६६ जना सुरक्षाकर्मी पाटनमा तैनाथ गरिएको छ। यस्तै सूचना अधिकारी घिमिरेका अनुसार हिउँ धेरै भएका कारण यार्सा संकलनमा गएकाले हालसम्म सार्या भेटाउन सकेका छैनन्। यार्सा पाइने मुख्य पाटनमा नै हिउँ नपग्लेका कारण केही संकलकहरु निराश हुँदै यार्सा नटिपेरै फर्किएका छन्। हिउँ पग्लिन समय लाग्ने भएकाले अधिकांश संकलकहरु असारको दोस्रो साता पाटन जाने भन्दै फर्किएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.