पूर्वमा फैलिदै डेंगु, मेचीनगरमा थप २ जनामा संक्रमण ‍

पूर्वमा फैलिदै डेंगु, मेचीनगरमा थप २ जनामा संक्रमण ‍

झापा : झापाको मेचीनगरमा थप २ जनामा डेंगु सक्रमण फेला परेको छ। यसअघि नगरमा २ जना डेंगुका रोगी फेला परेका थिए। मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार मेचीनगरको १ पाटापुर र १० को पशु बजारमा दुईजना डेंगुको रोगी फेला परेका हुन् ।
 
यसअघि मेचीनगर ९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको थियो। नगरमा डेंगु संक्रमितको संख्या ४ पुगेको संयोजक राईले जानकारी दिइन्। योसँगै झापा जिल्लामा डेंगु संक्रमितको संख्या १४ पुगेको छ।

१० मा फेला परेको ३१ वर्षीया यातायात मजदुर भएकाले धरानमा नै उनलाई डेंगु भएको अशंका गरिएको छ भने १ नम्बर वडामा फेला परेका २५ वर्षीया डेंगुका नयाँ बिरामी हुन्। दुईजनाको उपचार मेचीनगरस्थित शिखर अस्पतालमा भइरहेको छ। स्वास्थ्यकर्मीका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। बिरामीमा मनोविज्ञान असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

 संक्रमितको घरमा पुगेर नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनीहरुका परिवारसँग छलफल गरेको छ। अस्पतालमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ।पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगुका संक्रमित नगरमा धमाधम फेला पर्न थालेपछि नगरपालिकाले यसको नियन्त्रणमा कडाईका साथ अघि बढेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए।
 
नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ। चेतनामुलक पर्चा पम्प्लेट वितरणसँगै माइकिङ पनि गरिरहेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.