माथिल्लो तामाकोशी ७ महिनामा सम्पन्न हुने

माथिल्लो तामाकोशी ७ महिनामा सम्पन्न हुने

चरिकोट : स्वदेशी लगानीमा निर्मार्णाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ७ महिनामा सम्पन्न हुने आधार तयार भएको छ। सबैभन्दा कठिन मानिएको तल्लो भर्टिकल साफ्टको पहिलो पेनस्टक पाइप जडान सफल भएपछि संशोधित कार्यतालिका अनुसार पुसमा आयोजना सम्पन्न हुने देखिएको हो। सो पेनस्टक पाइप जडान गर्ने क्रममा क्रेनको तार चुँडिएर जटिल समस्या आएको थियो।

आइतबारराति तल्लो भर्टिकल साफ्टमा ५ मिटर लम्बाईको पेनस्टक पाइप जडान गर्न सफल भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए। पाइप जडान गरिएको अनुगमन गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल पुगेका थिए।

तीनसय ७३ मिटरको तल्लो भर्टिकल साफ्टमा ३ दशमलब ६ डायमिटर गोलाई, ५८ मिलिमिटर मोटाई भएको २७ टनको ५ मिटर पेनस्टक पाईप एण्ड्रिज हाइड्रोले जडान गरेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए। सोही पेनस्टक पाइप जडान गर्ने काममा लट–२ को हाइड्रोमेकानिकलतर्फको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले ढिलाई गरेपछि त्रिपक्षीय सम्झौता गरी एण्ड्रिज हाइड्रोले काम गर्ने अनुमति पाएको थियो।

आयोजनाको लट–१ अन्तर्गतको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिलतर्फको ९५ प्रतिशत सम्पन्न गरेको आयोजनाले जनाएको छ। लट–२ को हाइड्रोमेकानिकल इक्वीपमेन्ट अन्तर्गत भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीमार्फत निर्माण गरिएको बाँधको परीक्षणको मात्र काम बाँकी रहेको छ। केही समयमा बाँधमा पानी राखेर परीक्षण गर्ने आयोजनाले कार्यतालिका निर्धारण गरेको छ।

लट–३ मा पर्ने इलेक्ट्रोमेकानिकल तर्फको ठेकेदार एन्ड्रिज हाइड्रोले भूमिगत विद्युत गृहमा ६ ओटा टर्वाइन तथा ७ ओटा टान्सफर्मर जडान कार्य गरिरहेको छ भने पानीको मात्रा मिलाउने एमएसओभी मेसिन पनि जडान गरिसकेको छ। आयोजनाको लट–४ अन्तर्गत पर्ने विद्युत प्रसारणको लागि २२०/१३२ केभीको डबल सर्किट प्रसारण लाइन भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले सुरु गरेको निर्माण कार्य करिब ९० प्रतिशतभन्दा बढि सम्पन्न भएको छ।

केइसीले लामाबगरको गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनको १२७ ओटा टावरमध्ये १२६ ओटा टावर निर्माण गरी करिब ३८ किलोमिटर तार जडान कार्य सम्पन्न गरिसकेको प्रवक्ता डा. न्यौपानेले जनाए।

आयोजनाबाट उत्पादित विद्युत् रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीमा निर्मार्णाधीन सव–स्टेशनमा जडान गरिनेछ। सब–स्टेशनको लागि चाहिने विभिन्न मेसिन तथा उपकरणहरुको ढुवानी कार्य ८५ प्रतिशत सम्पन्न भएको छ भने ती मेसिन र उपकरणहरुको जडान कार्य करिब ३० प्रतिशत सम्पन्न भएको छ।

आयोजनाको ६ ओटा युनिटमध्ये पहिलो युनिटबाट पुसदेखि विद्युत् उत्पादन गर्ने गरी कार्यतालिका निर्धारण गरि सकिएको छ। आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भएको छ भने विभिन्न ठेकेदारलाई करिब ९६ प्रतिशत भुक्तानी गरिसकेको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.