दुई इन्जिनियर ७० हजार घुससहित पक्राउ
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिकाकार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सवइन्जिनियर नइन्द्र पारोहाङ्ग राई घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७० हजार घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। अख्तियारले इन्जिनियर मिसुहाङ्ग किराँतले ५० हजार र सव–इन्जिनियर नइन्द्र पारोहाङ्ग राईले २० हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएएको हो।
उनीहरुलाई कार्यालयबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।